२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

कास्की–३ र २ मा कांग्रेसको उम्मेदवार मनोनयन सम्पन्न, प्रतिस्पर्धा चर्को

पोखरा। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले कास्की क्षेत्र नम्बर ३ र कास्की २ मा उम्मेदवार मनोनयन प्रक्रिया पूरा गरेको छ। दुवै क्षेत्रमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ आकांक्षी नेताहरूको उल्लेख्य सहभागिता देखिएको छ।

कास्की–३ मा  २९ जनाको आकांक्षा

कास्की क्षेत्र नम्बर ३ मा सोमवार सम्पन्न मनोनयन कार्यक्रममा प्रत्यक्षतर्फ १६ जना र समानुपातिकतर्फ १३ जना गरी कुल २९ जनाले उम्मेदवारीका लागि नाम दर्ता गराएका छन्। प्रत्यक्षतर्फका आकांक्षीहरू: मनोज गुरुङ, विजय गुरुङ, देवन्द्र केसी, मोहदत्त पोखरेल, धर्मराज अधिकारी, सिता गुरुङ, डा. कृष्ण प्रसाद पौडेल, खिमलाल बास्तोला, रामचन्द्र त्रिपाठी, दुर्गा तिमिल्सिना, ठाकुर वराल, जीवन प्रसाद बास्तोला, भेषराज  पराजुली, रामप्रसाद अधिकारी, यमकृष्ण पौडेल र लक्ष्मी प्रसाद पौडेल रहेका छन्।

त्यस्तै समानुपातिकतर्फका आकांक्षीहरू: कृष्ण कुमारी परियार, कमला बिन्दु वराल, विजयालक्ष्मी कोइराला, सिता शर्मा, पार्वतीदेवी कोइराला, आइबहादुर गुरुङ, प्रभा सुबेदी, पशुपति भट्टराई, शारदा पौडेल, देवन्द्र कुमार शेरचन, जित बहादुर गुरुङ, मन बहादुर विश्वकर्मा र भिम बहादुर गुरुङले आकंक्षा प्रस्तुत गरेका हुन् ।

मनोनयन दर्तासँगै कास्की–३ मा आगामी निर्वाचनप्रति स्थानीय कार्यकर्ता तथा मतदातामा उत्साह र चहलपहल बढ्दै गएको देखिन्छ। क्षेत्रीय समितिले संकलन गरेका नाममा सहमतिको प्रयास गरिने र अन्तिम निर्णय भने केन्द्रिय संसदीय बोर्डले लिने कांग्रेसले जनाएको छ।

कास्की–२ : १९ जनाको मनोनयन

कास्की क्षेत्र नम्बर २ मा कांग्रेसले आयोजना गरेको मनोनयन कार्यक्रममा प्रत्यक्ष तर्फ १३ जना र समानुपातिकतर्फ ६  जना गरी १९ जनाले आकांक्षा प्रस्तुत गरेका छन्। प्रत्यक्षतर्फका आकांक्षीहरू: वीरेन्द्र नारायण बिजुक्छे, देवराज गुरुङ, ऋषिराम काफ्ले, माधवप्रसाद बास्तोला (मधु), सिरोज विजय कोइराला, ई. सिरस बास्तोला, लक्ष्मी पाण्डे, राजेन्द्र बराल, लक्ष्मी कार्की, गुरुप्रसाद बराल, किरण केसी, निर्दोष विक्रम पौडेल र माइकल कर्माचार्यले उम्मेदवारी दिएका छन् ।

समानुपातिकतर्फका आकांक्षीहरू: रङ्गीला आचार्य, उमा ठकुरी, शान्ति कुमारी गुरुङ, शोभाचन्द्र बराल र शकुन्तला कोइराला रहेका छन् ।

कार्यक्रममा सहभागी आकांक्षीहरूले आफ्ना विचार, अनुभव र प्राथमिकता प्रस्तुत गरेका थिए। मनोनयन दर्ता भएपछि कास्की–२ मा आन्तरिक प्रतिस्पर्धा थप तिव्र बन्दै गएको छ।

अन्तिम उम्मेदवार छान्ने जिम्मेवारी केन्द्रमा

कांग्रेसको विधानअनुसार क्षेत्रीय समितिले संकलन गरेका नामहरूमा सम्भावित सहमतिको प्रयास गरिनेछ। सहमति नजुटेमा सबै नाम रायसहित जिल्ला र प्रदेश पार्टी तह हुँदै केन्द्रमा पठाइनेछ। दुवै क्षेत्रका अन्तिम उम्मेदवारको टुंगो नेपाली कांग्रेस केन्द्रीय संसदीय बोर्डले लगाउनेछ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…