
पोखरा। लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आर, नेपालले लायन्स अन्तर्राष्ट्रियको इशामे फोरममा सहभागी सम्पूर्ण डिष्ट्रिक्टहरूमध्ये ह्याट्रिक उपलब्धि हासिल गर्ने पहिलो डिष्ट्रिक्ट बनेको छ। डिष्ट्रिक्ट गभर्नर नबराज सापकोटाको नेतृत्वमा डिष्ट्रिक्ट ३२५ आरले सदस्यता वृद्धि र मानवीय सेवासँग सम्बन्धित तीनवटै प्रमुख लक्ष्य पूरा गर्दै अन्तर्राष्ट्रिय स्तरका सम्मान प्राप्त गरेको हो।
डिष्ट्रिक्ट ३२५ आरले Membership Recruitment Target पूरा गरी Recruitment Target Achievement Award, LCIF Target १०० प्रतिशत पूरा गर्दै LCIF Target Achievement Award तथा नोभेम्बर १ देखि डिसेम्बर १५ सम्म सञ्चालन गरिएको २०० सदस्यता वृद्धि अभियानमा ३४८ नयाँ सदस्य थप्दै १७५ प्रतिशत प्रगति सहित GAT Regional Award हासिल गरेको छ।
यी तीनवटै उपलब्धिसँगै डिष्ट्रिक्ट ३२५ आरले ISAME Forum मा सहभागी अन्य सबै डिष्ट्रिक्टहरूलाई उछिन्दै उत्कृष्ट कार्यसम्पादनको उदाहरण प्रस्तुत गरेको हो ।
डिष्ट्रिक्ट गभर्नर सापकोटाले यो सफलता डिष्ट्रिक्ट टिम, क्लब र सदस्यहरूको सामूहिक प्रयास, अनुशासन र सेवाभावको परिणाम भएको बताउँदै सबैप्रति आभार व्यक्त गरेका छन्। उनका अनुसार उक्त उपलब्धिले लायन्स अन्तर्राष्ट्रियमा नेपालको उपस्थितिलाई थप सशक्त बनाएको छ।











