२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
खबर

नेपाल टेलिकमलाई पूर्ण हस्तक्षेपमुक्त बनाइनुपर्छ : गगन थापा

पोखरा, कास्की — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल टेलिकमलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपबाट मुक्त संस्था बनाइनुपर्ने बताएका छन्। नेपाल टेलिकम वर्कर्स युनियनको १२औँ महाधिवेशनको उद्घाटन समारोहलाई पोखरामा सम्बोधन गर्दै उनले नेपाल टेलिकमलाई अन्य सार्वजनिक वा निजी क्षेत्रसँग तुलना गर्न नमिल्ने संवेदनशील संस्था भएको स्पष्ट पारे।
थापाले नेपाल टेलिकमको अवस्था विगतमा जस्तो सुदृढ नरहेको उल्लेख गर्दै पछिल्लो समय टेलिकम ठूला–ठूला भ्रष्टाचार प्रकरणसँग जोडिनुमा राजनीतिक हस्तक्षेप मुख्य कारण रहेको बताए। सार्वजनिक संस्थाहरूले निरन्तर रूपमा आफ्नो औचित्य र विश्वसनीयता प्रमाणित गर्नुपर्नेमा जोड दिँदै उनले यस्ता समस्या किन र कसरी उत्पन्न भए भन्ने विषयमा वर्कर्स युनियनले गम्भीर आत्मसमीक्षा र छलफल गर्नुपर्ने धारणा राखे।
नेपाल टेलिकम वर्कर्स युनियनको पोखरा महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने सन्दर्भ जोड्दै थापाले भने, “कांग्रेससँग जोडिएको छ भन्दैमा जो–पाए–त्योलाई नेतृत्वमा ल्याउनु हुँदैन। संस्थाको दीर्घकालीन हित, व्यावसायिकता र स्वच्छतालाई केन्द्रमा राखेर नेतृत्व चयन हुनुपर्छ।”
महामन्त्री थापाले आगामी फागुन २१ गते हुने भनिएको आमनिर्वाचनको प्रसंग उल्लेख गर्दै चुनावको सुनिश्चितताबारे प्रश्न उठाए। उनले संविधानअनुसार तोकिएको समयमा चुनाव गराउने जिम्मेवारी सरकारको भएको स्पष्ट गर्दै त्यसमा सबै राजनीतिक दलहरूले सहयोग गर्नुपर्ने बताए। “नेपाली कांग्रेस राष्ट्रिय शक्ति हो, हार–जीतभन्दा पनि लोकतान्त्रिक जिम्मेवारी पूरा गर्नु हाम्रो कर्तव्य हो, नेपाली कांग्रेस चुनावमा सहभागी हुन्छ” उनले भने।
त्यसैगरी, भाद्र २३ र २४ गते घटेका घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै थापाले ती घटनामा घुसपैठ भएको आशंका व्यक्त गर्दै थापाले भने छानबिनका लागि आयोग गठन भइसकेको उल्लेख गर्दै उनले आवश्यक परे तत्कालीन सरकारमा रहेका वा जुनसुकै तहका नेतृत्वमा रहेका व्यक्तिले पनि छानबिन आयोगमा बयान दिन तयार हुनुपर्ने बताए।
पार्टीभित्र देखिएका आन्तरिक घाउ–चोट बिर्सनुपर्ने उल्लेख गर्दै महामन्त्री थापाले नवयुवाहरू रिसाएको अवस्था स्वाभाविक भएको बताए। देश र जनताभन्दा ठूला ठानिएका केही दलका शीर्ष नेताहरूको आलोपालो सत्ता सञ्चालन, सिद्धान्तविहीन राजनीतिक गठजोड र परिणाम दिन नसक्ने प्रवृत्तिका कारण जनतामा आक्रोश बढेको उनको विश्लेषण थियो।
नेपाली कांग्रेसको महाधिवेशन निर्वाचनअघि नै हुनुपर्नेमा जोड दिँदै उनले स्पष्ट शब्दमा भने, “यसमा दायाँबायाँ हुँदैन। पार्टीलाई समयमै विधिसम्मत ढंगले अघि बढाउनुपर्छ।”

नेपाल टेलिकम वर्कर्स युनियनका अध्यक्ष सुरेश प्रसाद रौनीयारको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, कास्की जिल्ला अध्यक्ष किशोरदत्त बराल, नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका अध्यक्ष योगेन्द्र कुमार कुँवर, नेपाल टेलिकम वर्कर्स युनियनका सह–अध्यक्ष तथा १२औँ महाधिवेशन मूल आयोजक समितिका संयोजक इञ्जिनियर लाला बहादुर राना, सह–संयोजक तथा गण्डकी प्रदेश अध्यक्ष रुद्र तिमिल्सिना, विभिन्न राजनीतिक दलसँग आबद्ध नेपाल टेलिकम वर्कर्स युनियनका नेताहरू तथा विभिन्न देशबाट प्रतिनिधित्व गर्ने विदेशी पाहुनाहरूले सम्बोधन गरेको जानकारी केन्द्रिय समितिका महासचिव लोकेन्द्र पनेरुले दिएका हुन्। उनका अनुसार नेपाल टेलिकम वर्कर्स युनियनको महाधिवेशन पुस ३ देखि ५ गतेसम्म पोखरामा हुँदैछ, जसबाट नयाँ कार्यसमिति चयन हुने कार्यक्रम रहेको छ।

Read more

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…

आज धनतेरस पर्व मनाइँदै, धन्वन्तरी, लक्ष्मी र कुबेरको पूजा आराधना गरिँदै

काठमाडौं। हिन्दू धर्मावलम्बीहरूले आज धनतेरस पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। तिहारको पहिलो दिनका रूपमा मनाइने यस पर्वमा भगवान् धन्वन्तरी, धनका देवता कुबेर तथा माता लक्ष्मीको विशेष पूजा आराधना…