२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

डिष्ट्रिक्ट ३२५ आर नेपालद्वारा लायन्स अन्तर्राष्ट्रियमा नेतृत्व, सेवा र सदस्यता वृद्धिमा कीर्तिमान

काठमाडौं। लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आर, नेपालले लायन्स अन्तर्राष्ट्रियको प्रतिष्ठित इशामे फोरम मा सहभागी सम्पूर्ण डिष्ट्रिक्टहरूमध्ये ऐतिहासिक उपलब्धि हासिल गर्दै नयाँ कीर्तिमान स्थापित गरेको छ। डिष्ट्रिक्ट गभर्नर नबराज सापकोटाको सक्षम र दूरदर्शी नेतृत्वमा डिष्ट्रिक्ट ३२५ आरले सदस्यता वृद्धि, मानवीय सेवा तथा फाउन्डेसन सहयोगसम्बन्धी तीनवटै प्रमुख अन्तर्राष्ट्रिय लक्ष्य सफलतापूर्वक पूरा गरी एकैसाथ अन्तर्राष्ट्रिय सम्मानहरू हात पार्न सफल भएको हो।

आइतबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत डिष्ट्रिक्ट ३२५ आरले आफ्ना उल्लेखनीय उपलब्धिहरू सार्वजनिक गरेको हो। सम्मेलनमा प्रस्तुत जानकारीअनुसार डिष्ट्रिक्टले सदस्यता वृद्धिको निर्धारित लक्ष्य शतप्रतिशत पूरा गर्दै सम्बन्धित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ।

त्यसैगरी, लायन्स क्लब्स इन्टरनेशनल फाउन्डेसन (LCIF) को लक्ष्यसमेत पूर्ण रूपमा हासिल गर्दै डिष्ट्रिक्ट ३२५ आरले लायन्सको अन्तर्राष्ट्रिय फाउन्डेसनप्रतिको प्रतिबद्धता पुष्टि गरेको छ र यसका लागि विशेष अवार्ड प्राप्त गर्न सफल भएको छ।

यसका अतिरिक्त, नोभेम्बर १ देखि डिसेम्बर १५ सम्म सञ्चालन गरिएको विशेष २०० सदस्यता वृद्धि अभियानमा डिष्ट्रिक्टले अपेक्षाभन्दा उल्लेखनीय सफलता हासिल गर्दै ३४८ नयाँ सदस्य थप्न सफल भयो। लक्ष्यको तुलनामा १७५ प्रतिशत प्रगति हासिल गरेसँगै डिष्ट्रिक्ट ३२५ आरले ग्लोबल एक्सन टिम (GAT) अन्तर्गतको रिजनल अवार्ड समेत आफ्नो नाममा लेखाएको छ। यी अवार्डहरू लायन्स डिष्ट्रिक्टका लागि अत्यन्तै महत्वपूर्ण र प्रतिष्ठित मानिन्छन्।

तीनवटै अन्तर्राष्ट्रिय सम्मान एकैसाथ प्राप्त गर्दै डिष्ट्रिक्ट ३२५ आरले इशामे फोरममा सहभागी अन्य सबै डिष्ट्रिक्टहरूलाई पछि पार्दै उत्कृष्ट कार्यसम्पादनको उदाहरण प्रस्तुत गरेको छ। यो उपलब्धिलाई लायन्स अन्तर्राष्ट्रियको इतिहासमै महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

पत्रकार सम्मेलनमा बोल्दै डिष्ट्रिक्ट गभर्नर नबराज सापकोटाले यो सफलता डिष्ट्रिक्ट टिम, क्लबहरू तथा सम्पूर्ण सदस्यहरूको सामूहिक प्रयास, अनुशासन र निस्वार्थ सेवाभावको परिणाम भएको बताए। उनले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने सबैप्रति आभार व्यक्त गर्दै भने,“यो उपलब्धिले लायन्स अन्तर्राष्ट्रियमा नेपालको पहिचानलाई अझ सशक्त, विश्वसनीय र सम्मानित बनाएको छ।”

उनका अनुसार डिष्ट्रिक्ट ३२५ आरको यस सफलताले नेपाली लायन्स आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याएको छ भने आगामी दिनमा अझ प्रभावकारी मानवीय सेवा, सदस्यता विस्तार र संगठनात्मक सुदृढीकरणका लागि प्रेरणाको स्रोत बनेको छ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…