कांग्रेस संस्थापन पक्षका २५ केन्द्रीय सदस्यको अपिल: विशेष महाधिवेशनबारे संवाद र सहमतिमा जान नेतृत्वलाई आग्रह
- January 9, 2026
- 1341

5Shares
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशन माग गरेका प्रतिनिधिहरूको मतको सम्मान गर्दै संवाद र सहमतिमार्फत एकताबद्ध र परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्वलाई अपिल गरेका छन्।
शुक्रवार बिहान ललितपुरको कुपण्डोलमा भएको छलफलपछि जारी विज्ञप्तिमा उनीहरूले आगामी प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै नयाँ सोच र ऊर्जा सहित कांग्रेसलाई थप भरोसायोग्य पार्टीका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्।
यस समूहले निर्वाचनअगावै महाधिवेशन हुनुपर्ने पक्षमा यसअघि पनि सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा–विश्वप्रकाश शर्मा तथा नेता डा. शेखर कोइरालासँग छलफल गरेको थियो।

5Shares




© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।













