२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
खबर

डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेद्वारा चौथो वार्षिक डिष्ट्रिक्ट कन्भेन्सनको औपचारिक आह्वान

काठमाडौं। लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालकी डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले चौथो वार्षिक डिष्ट्रिक्ट कन्भेन्सन २०२६ का लागि औपचारिक रूपमा आह्वान गरेकी छन्।

लायन्स अन्तर्राष्ट्रियको विधान–विधिअनुसार आफूलाई प्रदत्त अधिकार प्रयोग गर्दै डिष्ट्रिक्ट गभर्नर पाण्डेले आगामी मार्च २१, २०२६ (वि.सं. २०८२ चैत ७ गते, शनिबार) कन्भेन्सन आयोजना गरिने घोषणा गरेकी हुन्। सोमबार काठमाडौंमा आयोजित विशेष कार्यक्रमका बीच उक्त घोषणा गरिएको हो।

कन्भेन्सन काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा सम्पन्न हुनेछ भने कन्भेन्सनको आतिथ्य लायन्स क्लब अफ काठमाडौं समर्पणले गर्नेछ। डिष्ट्रिक्ट गभर्नर पाण्डेद्वारा जारी आह्वानअनुसार कन्भेन्सनको उद्घाटन कार्यक्रम सोही दिन बिहान ९:०० बजे प्रारम्भ भई दिनभर सञ्चालन हुनेछ।

कन्भेन्सनका क्रममा लायनिस्टिक वर्ष २०२६–२०२७ का लागि डिष्ट्रिक्ट गभर्नर, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर तथा द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर पदका लागि निर्वाचन कार्यक्रमसमेत सम्पन्न गरिनेछ।

डिष्ट्रिक्ट गभर्नर पाण्डेले डिष्ट्रिक्ट ३२५ आई अन्तर्गत आबद्ध सम्पूर्ण लायन्स तथा लियो सदस्यहरूलाई कन्भेन्सनमा सक्रिय सहभागिता जनाउन विशेष आग्रह गरेकी छन्। कन्भेन्सनमार्फत संगठनात्मक एकता, आपसी सहकार्य र सद्भावलाई थप सुदृढ बनाउँदै नेपालमा लायनवादको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास उनले व्यक्त गरिन्।

उनले अन्तर्राष्ट्रिय मूल नारा “WE SERVE” लाई व्यवहारमा उतार्दै मानवीय सेवाका गतिविधिलाई अझ प्रभावकारी, परिणाममुखी र दिगो बनाउने अवसरका रूपमा कन्भेन्सनलाई उपयोग गर्नुपर्नेमा जोड दिइन्।

कन्भेन्सनलाई सफल, व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्न मनोनयन समिति, निर्वाचन समिति, क्रेडेन्सियल समिति, मिडिया व्यवस्थापन तथा सहयोग समिति, आतिथ्य तथा स्वागत समिति, परेड व्यवस्थापन समिति, दर्ता तथा उपस्थिति समिति लगायतका विभिन्न समिति तथा संरचनाहरू गठन गरिएको जानकारी दिइएको छ।

लायन्सको विधान–विधिअनुसार डिष्ट्रिक्ट गभर्नर, प्रथम तथा द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवारहरूले आवश्यक योग्यता पूरा गरी तोकिएको समयसीमाभित्र मनोनयन दर्ता गराउनुपर्ने व्यवस्था रहेको छ। साथै, डिष्ट्रिक्ट कन्भेन्सनमा सहभागी हुन सम्बन्धित क्लबहरूले अन्तर्राष्ट्रिय, मल्टिपल डिष्ट्रिक्ट तथा डिष्ट्रिक्टका सम्पूर्ण बक्यौता समयमै भुक्तानी गरेको हुनुपर्ने प्रावधानसमेत उल्लेख गरिएको छ।

यसअघि, २०२६ जनवरी १९ गते काठमाडौंमा आयोजित कार्यक्रममा डिष्ट्रिक्टका पूर्व डिष्ट्रिक्ट गभर्नरहरू, भाइस गभर्नरहरू तथा सम्पूर्ण लायन्स र लियो सदस्यहरूको रोहवरमा डिष्ट्रिक्ट गभर्नर पाण्डेले कन्भेन्सनलाई ऐतिहासिक, अनुकरणीय र स्मरणीय बनाउन सामूहिक सहकार्यका लागि आह्वान गरेकी हुन्।

Read more

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…

आज धनतेरस पर्व मनाइँदै, धन्वन्तरी, लक्ष्मी र कुबेरको पूजा आराधना गरिँदै

काठमाडौं। हिन्दू धर्मावलम्बीहरूले आज धनतेरस पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। तिहारको पहिलो दिनका रूपमा मनाइने यस पर्वमा भगवान् धन्वन्तरी, धनका देवता कुबेर तथा माता लक्ष्मीको विशेष पूजा आराधना…