२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

नेपाली कांग्रेसभित्र कुनै विवाद छैन : नेता मिन विश्वकर्मा

पोखरा — नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले पार्टीभित्र विवाद रहेको भन्ने प्रचारप्रति आपत्ति जनाउँदै त्यसलाई भ्रमपूर्ण भएको बताएका छन्। उनले आफ्नो फेसबुक पेजमार्फत जारी गरेको स्पष्टिकरणमा कांग्रेसभित्र हाल कुनै मतभेद नरहेको र सबैको ध्यान निर्वाचन तथा ‘रूख’ चिन्हमा बहुमत ल्याउन केन्द्रित रहेको उल्लेख गरेका छन्।

उनका अनुसार पार्टीभित्र विवादका कारण निर्वाचन आयोग वा अदालतमा मुद्दा परे पनि त्यसले निर्वाचन प्रक्रियामा असर नपरोस् भनेर उम्मेदवार छनोटमा सहमति कायम गरिएको हो। यही सहमतिका आधारमा देशव्यापी रूपमा कांग्रेसजनले ‘रूख’ चिन्हमा निर्विवाद रूपमा मत माग्ने वातावरण बनाइएको उनले बताए। माघ ४ गते राति आफूले गरेको फेसबुक स्टाटसले पनि त्यसलाई पुष्टि गर्ने उनको दाबी छ।

नेता विश्वकर्माले राष्ट्रिय सभा निर्वाचनपछि देउवा–खड्का पक्षले पार्टीको राष्ट्रिय भेला बोलाउने भन्ने समाचारलाई कपोलकल्पित हल्ला मात्र भएको स्पष्ट पारेका छन्। “अहिले पार्टीभित्र कुनै मतभेद छैन,” उनले भनेका छन्।

भावी प्रधानमन्त्रीका सन्दर्भमा आफूले दिएको जवाफलाई गलत मनसायले तोडमोड गरेर प्रचार गरिएकोप्रति पनि उनले गम्भीर ध्यानाकर्षण गराएका छन्। एक सञ्चारमाध्यमले सोधेको प्रश्नमा संसदीय दलमा चुनाव भए जो जित्छ, उही दलको नेता र प्रधानमन्त्री हुन्छ भन्ने सामान्य उत्तरलाई ‘हाम्रो असहमति छ’ भन्ने वाक्यांश जोडेर गलत रूपमा प्रचार गरिएको उनको भनाइ छ।

उनले पार्टी केन्द्रीय समितिले सभापति गगन थापालाई ‘भावी प्रधानमन्त्री’ घोषणा गरिसकेको स्मरण गराउँदै उक्त निर्णय सबैले पालना गर्नुपर्ने बताए। “पार्टीको निर्णय नमान्ने कसैलाई पनि छुट हुँदैन,” उनले भनेका छन्।

चुनावी समयमा यस्ता भ्रामक सूचना प्रशस्त आउने उल्लेख गर्दै नेता विश्वकर्माले पार्टीका सम्बन्धित व्यक्तिसँग बुझेर मात्र ‘लाइक’, ‘कमेन्ट’ र ‘सेयर’ गर्न आग्रह गरेका छन्। साथै, नेपाली कांग्रेस पार्टी र उसका उम्मेदवारलाई असर पर्ने कुनै पनि गतिविधि नगर्न उनले सबैलाई अनुरोध गरेका छन्।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…