0Shares

पोखरा । हेड्स नेपाल गण्डकी प्रदेशको चौथो अधिवेशन शनिवार सम्पन्न भएको छ । पोखरा महानगरपालिका–११, कार्की डाँडामा सम्पन्न अधिवेशनबाट हरिप्रसाद भट्टराईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ ।

नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा इन्द्रप्रसाद भण्डारी, उपाध्यक्षमा अर्जुनप्रसाद श्रेष्ठ, महासचिवमा तिलकप्रसाद तिवारी, सचिवमा माधवप्रसाद आचार्यकोषाध्यक्षमा डोलप्रसाद लम्साल निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरूमा कृष्णप्रसाद सापकोटा, रामबहादुर बस्नेत, अमृतप्रसाद पोख्रेल, सुमनकुमार श्रेष्ठ, दुर्गा मर्सनी, भीमप्रसाद पौडेल, उज्ज्वल अधिकारी, सरस्वती अधिकारी भण्डारीसुमन कतिला श्रेष्ठ चयन भएका छन् । साथै, दुई सदस्य पछि मनोनयन गर्ने निर्णयसँगै कार्यसमिति १७ सदस्यीय रहने जनाइएको छ ।

अधिवेशनको प्रमुख अतिथिका रूपमा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तथा सामाजिक एवम् प्राज्ञिक व्यक्तित्व दिपेन्द्रबहादुर क्षेत्रीको उपस्थिति रहेको थियो । प्रमुख अतिथि क्षेत्रीले सामाजिक सेवामा समर्पित संस्थाहरूले मानवता र समाज निर्माणमा खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै हेड्स नेपालको योगदानको प्रशंसा गरे ।

कार्यक्रममा हेड्स नेपालका परिकल्पनाकार प्रतापराज वन्तले संस्थाले विगत तीन दशकदेखि “दिलो ज्यानले मानव समुदायको सेवा गरौं” भन्ने मूल भावका साथ सामाजिक तथा परोपकारी कार्य गर्दै आएको जानकारी गराए । उनले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन तथा मानवीय सेवाका क्षेत्रमा संस्थाले आफ्नो अभियानलाई थप सशक्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने सम्पूर्ण अतिथि, प्रतिनिधि तथा सहभागीप्रति आयोजकले आभार व्यक्त गरेको थियो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected