0Shares

पोखरा, फागुन २। जिल्ला कास्की, पोखरा महानगरपालिका–६ पामे (गैह्राको चौतारा नजिक) मा आज बिहान करिब २:१० बजे बा १५८२ नम्बरको कार अनियन्त्रित भई फेवातालमा खस्दा एक युवकको मृत्यु भएको छ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हे.क्वा. कालिका कास्कीबाट गणपति स.प्र.उ. बसन्त बहादुर सिंहको कमाण्डमा २१ जनाको टोली (गोताखोर DM सहित) घटनास्थलमा खटिएको थियो। गोताखोर टोलीले तालमा खसेको सवारी साधनबाट अन्दाजी २५/३० वर्षका पुरुषलाई अचेत अवस्थामा बाहिर निकाली तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेज पठाएको थियो।

क्रेनको सहायताले सवारी साधनलाई तालबाट बाहिर निकालेर थप अनुसन्धानका लागि वडा प्रहरी कार्यालय बैदाम लगिएको प्रहरीले जनाएको छ। पछिल्लो विवरण अनुसार मृतक जिल्ला स्याङ्जा फेदीखोला गाउँपालिका–५ घर भई हाल पोखरा महानगरपालिका–७ मासबार बस्ने २४ वर्षीय अदित गुरुङ रहेको खुल्न आएको छ। उपचारकै क्रममा बिहान ४:३४ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected