२०८३ कार्तिक २०, शुक्रबार Friday, November 6, 2026
खबर

पोखरा ३० मा तिलक रानाभाटको घरदैलो

लेखनाथ १६ फागुन। नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ का प्रत्यक्ष तर्फका उम्मेदवार तिलक रानाभाटले आफ्नो घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम पोखरा महानगरपालिका वडा नम्बर ३० मा शनिबार सम्पन्न गरेका छन्। उनले मतदाताहरूसँग भेटघाट गर्दै वडाको विकासबारे पनि चासो राखेका छन्। उनले ताल्चोक बेगनास्थल बाटोको प्रगति विवरण साथै सिसुवादेखि खुदीखोलापुरसम्मको भर्खर निर्माण भएको बाटो, पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको कामबारे प्रगति विवरण, सङ्क्रमण तथा जनरल अस्पताल मोहरिया, शिशुवा अस्पताल, मैदी ताल लगायतका ठाउँहरूको प्रगति र भइरहेको काम बारेको बारेमा जानकारी समेत लिएका हुन् ।

मतदाताहरूसँग भेटघाट गर्दै उम्मेदवार रानाभाटले अबको विकास डिजिटल विकास भन्ने मूल नारालाई आत्मसात गरेर नेपाली कांग्रेसले विशेष योजना बनाएर कांग्रेसको नेतृत्वमै सरकार बनाउने अवधारणा राखेका हुन्। नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नम्बर ३० का सभापति ध्रुवराज न्यौपानेको अध्यक्षतामा सम्पन्न घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमको सञ्चालन सचिव रामचन्द्र अधिकारी र सर्वेन्द्र न्यौपानेले गर्नुका साथै कार्यक्रमको बारेमा उपसभापति डम्बरु बल्लभ चापागाईंले गरेका थिए।

वडा नम्बर ३० अन्तर्गत सिसुवाचोक खुदी गुमाज मोहरिया देउराली खोला लगायतका स्थानहरूमा भेटघाट गरेर मतदाताहरूको सुझाव लिएको हो। कार्यक्रममा वडा नम्बर ३० का वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदी, जनप्रतिनिधि विनोदप्रसाद लामिछाने, नेताहरू प्रेमप्रसाद सुवेदी, तीर्थ जङ्गली पुष्प मणि भण्डारी, सुरेन्द्र राज अधिकारी, सुभाष भण्डारी, सरोज अधिकारी, विश्वमोहन पौडेल, सनबहादुर गुरुङ कालु, शाेभामोहन पौडेल लगायतले बोल्नुभएको थियो।

Read more

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…

आज धनतेरस पर्व मनाइँदै, धन्वन्तरी, लक्ष्मी र कुबेरको पूजा आराधना गरिँदै

काठमाडौं। हिन्दू धर्मावलम्बीहरूले आज धनतेरस पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। तिहारको पहिलो दिनका रूपमा मनाइने यस पर्वमा भगवान् धन्वन्तरी, धनका देवता कुबेर तथा माता लक्ष्मीको विशेष पूजा आराधना…

करिब २ करोड लगानीमा अन्नपूर्णमा कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन निर्माण

अन्नपूर्ण, कास्की । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED) को आर्थिक सहयोगमा कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीमा निर्माण गरिएको कृषि, पशुपन्छी तथा मत्स्य विकास सेवा केन्द्रको भवन उद्घाटन…

पोखरामा भित्रियो बीएआईसी र आर्कफक्स, अमरसिंह चोकमा नयाँ सोरुम उद्घाटन

३७ लाख ९६ हजारको विद्युतीय कारदेखि एक करोड २५ लाखको हाइब्रिड एसयूभीसम्म उपलब्ध, गण्डकीका ग्राहकले एउटै छानामुनि पाउनेछन् आधुनिक सवारीसाधन। पोखरा, कार्तिक १९ । अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्ड बीएआईसी…

पाँच दशकको अविरल सेवायात्रा : स्वर्ण महोत्सव मनाउँदै लायन्स क्लब अफ पोखरा

नेपालकै छैटौँ तथा पोखराको पहिलो लायन्स क्लबको ऐतिहासिक उत्सव मंसिर ५ गते पोखरा, कार्तिक १७। समय बदलियो, पुस्ता फेरिए, नेतृत्व हस्तान्तरण हुँदै गयो; तर समाजसेवाप्रतिको संकल्प कहिल्यै डगमगाएन।…

ज्योतिष, शिक्षा र सामाजिक सेवामा विशिष्ट योगदान पुर्‍याउँदै आएका डा.हरिश्चन्द्र भण्डारीलाई ‘वर्ष ज्योतिषी सम्मान–२०८३’

अध्यापन, अनुसन्धान, ज्योतिषीय परामर्श र वैदिक धर्म–संस्कृतिको प्रवर्द्धनमा सक्रिय डा. भण्डारीलाई ज्योतिष परिषद् नेपालको पहिलो ‘वर्ष ज्योतिषी’ सम्मान चितवन। ज्योतिषशास्त्रको अध्ययन, अध्यापन, प्रशिक्षण तथा व्यावहारिक ज्योतिषीय परामर्शका क्षेत्रमा…