फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता बालकको सशस्त्र प्रहरीद्वारा उद्धार, उपचारका क्रममा निधन
- May 1, 2026
- 45

पोखरा । पोखरा महानगरपालिका–१८ खपौदीस्थित फेवातालमा पौडी खेल्ने क्रममा एक १० वर्षीय बालक डुबेर बेपत्ता भएकाको उपचारका क्रममा मृत्यु भएको छ ।
शुक्रवारबिहान करिब ११:१५ बजे खपौदी बस्ने आरेस लामा फेवातालमा पौडी खेल्ने क्रममा डुबेको सूचना पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वार्टर कालिका कास्कीबाट उद्धार टोली तत्काल घटनास्थलतर्फ परिचालन गरिएको थियो।
सशस्त्र प्रहरी नायव निरीक्षक ताराचन्द्र शर्माको कमाण्डमा ७ जनाको गोताखोरसहितको टोलीले तालमा खोजी कार्य सञ्चालन गरेको थियो। खोजीका क्रममा करिब १८ फिट गहिराइबाट बालकलाई अचेत अवस्थामा फेला पारेर बाहिर निकालिएको हो।
उद्धारपछि उनलाई तत्कालै पश्चिम क्षेत्रीय गण्डकी अस्पताल, पोखरा–१० रामघाट लगिएको थियो। तर उपचारका क्रममा दिउँसो करिब १२:१५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।
घटनाले स्थानीय क्षेत्रमा शोकको वातावरण सिर्जना गरेको छ। सम्बन्धित निकायले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।





सम्बन्धित खवर















