0Shares

हेमजा । पोखरा महानगरपालिका–२५, हेमजामा “दोस्रो हेमजा मौरी महोत्सव” आगामी जेठ ७ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने भएको छ। महोत्सवको तयारी स्वरूप वैशाख २४ गते हेमजास्थित वडा कार्यालयभेला आयोजना गरिएको छ।

हेमजाको फुर्केटारी चोकमा आयोजना हुने महोत्सवको उद्देश्य मौरीपालन प्रवर्द्धन तथा जनचेतना अभिवृद्धि गर्नु रहेको छ। मौरी संरक्षण तथा सचेतना अभियान कास्कीका अध्यक्ष रामचन्द्र सुवेदीका अनुसार, महोत्सव सफल बनाउन स्थानीय सरोकारवाला निकाय, कृषक तथा सम्बन्धित पक्षहरूको सक्रिय सहभागिता अपरिहार्य छ।

भेलामा महोत्सवको तयारी, व्यवस्थापन र कार्यक्रम सञ्चालनका विविध पक्षमा छलफल गरी जिम्मेवारी बाँडफाँड गरिने बताइएको छ।

महोत्सवमार्फत मौरीपालनको महत्वबारे जनचेतना फैलाउने, उत्पादन वृद्धि तथा बजारीकरणमा सहयोग पुर्‍याउने र कृषकको आय आर्जन बढाउने लक्ष्य लिइएको छ। साथै, यस कार्यक्रमले स्थानीय कृषकहरूलाई व्यवसायिक मौरीपालनतर्फ आकर्षित गर्दै हेमजालाई मौरीपालनको नमुना क्षेत्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected