0Shares

पोखरा, असार १५ — पोखरा महानगरपालिका वडा नं. ७ ले वडास्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ। वडा कार्यालयले जारी गरेको सूचनाअनुसार प्रतियोगिता असार २१ गते बिहान ७:०० बजेदेखि सञ्चालन हुनेछ।

प्रतियोगिता पोखरा महानगरपालिका वडा नं. ७ स्थित धारीपाटनस्थित रापाकोट समाजघरमा आयोजना गरिने जनाइएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक वडा नं. ७ का ब्याडमिन्टन खेलाडीहरूले असार १८ गतेभित्र वडा कार्यालयमा कार्यालय समयभित्र टोली दर्ता गराइसक्नुपर्ने सूचनामा उल्लेख गरिएको छ।

वडा अध्यक्ष राममोहन आचार्यद्वारा हस्ताक्षरित सूचनामा प्रतियोगितामा वडावासी खेलाडीहरूको सक्रिय सहभागिताका लागि आग्रह गरिएको छ। प्रतियोगितामार्फत स्थानीय स्तरमा खेलकुदको विकास, खेलाडीको प्रतिभा पहिचान तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने उद्देश्य राखिएको वडा कार्यालयले जनाएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected