२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबरखेलकुद

रूपातालमा फिसिङ महोत्सव : १७.५ किलो माछा समात्दै सोम गुरुङ प्रथम

पोखरा, असार १४। पोखरा एङ्गलर्स क्लबको आयोजनामा ३५औँ फिसिङ प्रतियोगिता शनिबार रूपातालमा सम्पन्न भएको छ। मनोरञ्जनात्मक फिसिङ संस्कृतिको प्रवर्द्धन, प्राकृतिक जलस्रोतको संरक्षण तथा वातावरणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा महिला, पुरुष तथा विदेशी गरी ११ जना प्रतियोगीको सहभागिता रहेको थियो।

प्रतियोगितामा सहभागीहरूले निर्धारित समयभित्र विभिन्न प्रविधिबाट माछा समात्ने प्रतिस्पर्धा गरेका थिए। मापदण्डअनुसार सबैभन्दा बढी तथा उत्कृष्ट माछा समात्ने आधारमा विजेता छनोट गरिएको क्लबले जनाएको छ।

प्रतियोगितामा सोम गुरुङ प्रथम, शैलेश रायमाझी द्वितीय तथा प्रसाद थापा तृतीय भए। उनीहरूले क्रमशः १७.५ किलो, ८ किलो र ४ किलो तौलका माछा समातेका थिए। प्रतियोगितामा रौं तथा नैनी प्रजातिका माछा समातिएका थिए।

रूपातालमा शहर, कत्ले, ग्रासकार्प, रौं, नैनी, ब्रिगेड तथा तिलोपिया लगायत विभिन्न प्रजातिका माछा पाइन्छन्।

प्रतियोगिताकी प्रमुख अतिथि आयुषा श्रेष्ठले विजेता तथा उत्कृष्ट प्रदर्शन गर्ने प्रतियोगीहरूलाई ट्रफी, प्रमाणपत्र र पुरस्कार प्रदान गरिन्। प्रतियोगितामा समातिएका माछा स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको क्लबले जनाएको छ।

हाल ३५ सदस्य आबद्ध रहेको पोखरा एङ्गलर्स क्लबमा पछिल्लो समय महिलाको सहभागिता उल्लेखनीय रूपमा बढ्दै गएको पनि क्लबले जनाएको छ।

कार्यक्रममा क्लबका अध्यक्ष मेजर बालकृष्ण गुरुङले फिसिङ केवल मनोरञ्जनको माध्यम मात्र नभई प्रकृतिसँग नजिकिने, जलचर संरक्षणप्रति सचेत बन्ने तथा पर्यावरणीय सन्तुलन कायम राख्न प्रेरित गर्ने गतिविधि भएको बताए। उनले जिम्मेवार फिसिङ अभ्यास, नदी–तालको स्वच्छता र जैविक विविधताको संरक्षण सबैको साझा दायित्व भएको उल्लेख गरे।

क्लबका सक्रिय सदस्य तथा यस वर्षका द्वितीय विजेता शैलेश रायमाझीले २०७१ सालमा स्थापना भएको क्लबले बर्षको २/३ पटक फिसिंग सञ्चालन हुँदै आएको बताए । उनले प्रतियोगिताले पोखरामा मनोरञ्जनात्मक फिसिङ संस्कृतिको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए। आगामी वर्षहरूमा अझ बढी सहभागिता सुनिश्चित गर्दै नयाँ पुस्तालाई आकर्षित गर्ने गरी प्रतियोगितालाई थप व्यवस्थित, प्रभावकारी र आकर्षक बनाइने उनले विश्वास व्यक्त गरे। क्लबले लोप हुन लागेका विभिन्न जातका माछाका भुराहरू यहाँका ताल तलैयाहरूमा छोड़दै आईरहको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…