
पोखरा । पोखराका पत्रकार प्रकाशचन्द्र सापकोटाकी माता हरिकला सापकोटाको शुक्रबार ७८ वर्षको उमेरमा निधन भएको छ।
परिवारका अनुसार केही समयदेखि ब्रेन ट्युमरबाट पीडित हरिकलाको काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गरिएको थियो। उपचारपछि उनी पछिल्लो समय पोखरा–२५, हेमजास्थित आफ्नै निवासमा आराम गरिरहेकी थिइन्।

उनको अन्त्येष्टि शनिबार बिहान गरिने भएको छ। आदर्शमणि टोलस्थित निवासबाट शवयात्रा सुरु भई मर्दी र सेती नदीको दोभान दोबिल्लामा दाहसंस्कार गरिने परिवारले जनाएको छ।
स्वर्गीय हरिकला सापकोटाका एक छोरा र तीन छोरी छन्। छोरा प्रकाशचन्द्र सापकोटा पत्रकारिता र राजनीतिमा सक्रिय छन् भने छोरीहरू लक्ष्मी भण्डारी, राधिका अधिकारी र मधु पौडेल हुन्। उनका पति देवीलाल सापकोटाको यसअघि नै निधन भइसकेको थियो।
पत्रकार सापकोटा दुई दशकभन्दा लामो समयदेखि पोखराको पत्रकारितामा सक्रिय छन्। उनी हाल राष्ट्रन्यूजका सम्पादक हुन्। यसअघि उनले आदर्श समाज दैनिकमा सहायक सम्पादक तथा राष्ट्रिय समाचार समिति (रासस) लगायत विभिन्न सञ्चारमाध्यममा काम गरेका थिए। पत्रकारितासँगै उनी नेपाली कांग्रेस कास्की क्षेत्र नं. ३ (क) का सचिव तथा नेपाल प्रेस युनियन कास्कीका निवर्तमान उपाध्यक्षका रूपमा पनि सक्रिय छन्।
















