२०८३ मंसिर ८, मंगलबार Tuesday, November 24, 2026
खबर

शैक्षिक सामग्रीसँगै न्यानो कपडा, विद्यार्थीको मुहारमा खुसी

पोखरा, मङ्सिर ८ । ग्रामीण क्षेत्रका विद्यार्थीलाई अध्ययनमा प्रोत्साहन गर्नुका साथै चिसो मौसममा आवश्यक सहयोग पुर्‍याउने उद्देश्यले रोटरी क्लब अफ पोखरा भ्यालीले शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गरेको छ।

रोटरी क्लब अफ पोखरा भ्यालीको आयोजना तथा चिल्ड्रेन नेपाल र क्रीडा फाउन्डेसन नेपालको सहकार्यमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–८, ल्वाङस्थित बाराही आधारभूत विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री, विद्यालय झोला तथा न्यानो कपडा वितरण गरिएको हो।

ग्रामीण भेगका विद्यालयमा अध्ययनरत बालबालिकाको शैक्षिक आवश्यकता र मौसमी समस्यालाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रमले विद्यार्थीको पठनपाठनमा सहजता ल्याउनुका साथै उनीहरूमा अध्ययनप्रतिको उत्साह बढाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङले विद्यालय र विद्यार्थीको वास्तविक आवश्यकता पहिचान गरेर सामाजिक संस्थाहरूले गर्ने सहयोगले स्थानीय शैक्षिक विकासमा सकारात्मक प्रभाव पार्ने बताए। उनले शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय सरकार, विद्यालय र सामाजिक संघसंस्थाबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे।

रोटरी क्लब अफ पोखरा भ्यालीका अध्यक्ष नवीन राज बरालले बालबालिकाको शिक्षा र उज्ज्वल भविष्यलाई केन्द्रमा राखेर क्लबले सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको बताए। उनले आगामी दिनमा पनि आवश्यकतामा आधारित शैक्षिक तथा सामाजिक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष नारायणप्रसाद पौडेल, चिल्ड्रेन नेपालका निर्देशक डिल्लीप्रसाद शर्मा, क्रीडा फाउन्डेसन नेपालका निर्देशक कृष्णहरि पौडेल, रोटरी क्लब अफ पोखरा भ्यालीका पूर्वअध्यक्ष तेजनाथ न्यौपाने, विद्यालयका प्रधानाध्यापक प्रकाशमान गुरुङ तथा रोटेरियन माधवप्रसाद बराललगायतले ग्रामीण क्षेत्रका विद्यार्थीको शैक्षिक अवसर र पहुँच विस्तार गर्न यस्ता सहयोग प्रभावकारी हुने धारणा राखेका थिए।

शैक्षिक सामग्री र न्यानो कपडाको सहयोगले विद्यार्थीको तत्कालीन आवश्यकता सम्बोधन गर्नुका साथै शिक्षाप्रतिको आकर्षण र विद्यालयको सिकाइ वातावरण सुधारमा समेत योगदान पुग्ने विश्वास आयोजकले लिएको छ।

Read more

कांग्रेस कास्की–३ मा प्रकाश बरालले सम्हाले नेतृत्व, कार्यकर्ताको घरदैलोमा पुग्ने घोषणा

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं. ३ का नवनिर्वाचित क्षेत्रीय कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि तथा प्रदेश अधिवेशन प्रतिनिधिको पदस्थापन एवं शपथग्रहण कार्यक्रम सम्पन्न भएको छ।…

लोकतान्त्रिक उद्योग वाणिज्य संघ गण्डकीको महासचिवमा श्रेष्ठ

पोखरा, ७ मंसिर । नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघ गण्डकी प्रदेशको महासचिवमा दिलिपकुमार श्रेष्ठ मनोनित भएका छन्। संघका गण्डकी प्रदेश अध्यक्ष हरिराज पन्तले श्रेष्ठलाई प्रदेशको तदर्थ कार्यसमितिको महासचिवमा…

पोखरा लेडी जेसिजको नेतृत्वमा नन्दकुमारी

पोखरा, ७ मंसिर । महिला नेतृत्व विकास, व्यक्तित्व निर्माण र सामाजिक सेवामा सक्रिय पोखरा लेडी जेसिजको वर्ष २०२७ का लागि नयाँ नेतृत्व चयन भएको छ। संस्थाको ३३औँ शाखा…

तिखेढुङ्गामा प्रशासनिक र स्वास्थ्य पूर्वाधार थपियो, १ करोड २० लाखका दुई भवन उद्घाटन

पोखरा । अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गामा वडा कार्यालयको नवनिर्मित भवन र हिले स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न भई उद्घाटन गरिएको छ । दुवै भवनको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले उद्घाटन…

विन्ध्यवासिनी क्याम्पसको अध्यक्षमा शोभामोहन पौडेल निर्विरोध निर्वाचित

पोखरा । पोखरा महानगरपालिका–१६, बाटुलेचौरस्थित विन्ध्यवासिनी क्याम्पसको अध्यक्षमा शिक्षासेवी शोभामोहन पौडेल निर्विरोध निर्वाचित भएका छन् । क्याम्पस सञ्चालक समितिको शनिबार सम्पन्न पाँचौं अधिवेशनले पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ…

‘मृत्युको मुखबाट फर्कियौँ, जेनजीले नै बचाए’ : शेरबहादुर देउवा

‘कहिलेकाहीँ मर्न काल आउनुपर्ने रहेछ । जेनजीहरूले मलाई बचाएका हुन् । फोटोमा देखिन्छ, ती बच्चाहरूले मलाई बचाएका हुन्,’ उनले भने, ‘तर जेनजीको नाममा ५० वर्षमाथिका व्यक्तिहरूले लाठो ल्याएर…