२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
देशफिचर समाचारमुख्य खबरविचार / ब्लग

सरकारको नेतृत्व परिवर्तन हुनै सक्दैन ः सञ्चार मन्त्री गुरुङ

काठमाडौँ, १२ मङ्सिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारको नेतृत्व परिवर्तन हुनै नसक्ने बताउनु भएको छ । सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले कुनै व्यक्ति वा समूहको निहित स्वार्थका लागि सरकारको नेतृत्व परिवर्तन हुनै नसक्ने तर्क गर्नु भएको हो । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति, दोलखाद्धारा प्रकाशित पुस्तक ‘दोलखाली सर्जक पुस्तक समिक्षा’ को बिहीबार काठमाडौंमा विमोचन गर्दै उहाँले राजनीतिक स्थिरता कायम गरी मुलुकलाई समृद्ध बनाउने राष्ट्रिय संकल्पलाई पूरा गर्न प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले इमान्दारिताका साथ काम गरिरहेको स्पष्ट पार्नु भयो । ‘कुनै व्यक्ति वा समूहको स्वार्थका लागि सरकारको नेतृत्व परिवर्तन हुनै सक्दैन,’ मन्त्री गुरुङले भन्नु भयो, ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई पूरा गर्न प्रधानमन्त्री ओलीको विकल्प छैन ।’


मन्त्री गुरुङले सरकारको नेतृत्वबाहेक मन्त्रीपरिषद हेरफेरका लागि आफूहरु मन्त्री पद त्याग गर्न तयार रहेको बताउनु भयो । उहाँले “हामी मन्त्रीहरु परिवर्तन हुन तयार छौँ, तर सत्ता र शक्तिकै लागि सरकारको नेतृत्व परिवर्तन हुँदैन” भन्नुभयो ।
मन्त्री गुरुङले कोरोना महामारी जस्तो सङ्कटको समयमा सरकारको नेतृत्व गरेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद हुनु दुःखद भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले जनताको भावना अनुसार जनता, राष्ट्र र राष्ट्रियताको पक्षमा काम गरिरहेको छ, यो बेलामा सकारात्मक सोचका साथ सरकारलाई सहयोग गर्न आग्रह गर्दछु ।” मन्त्री गुरुङले दोलखा जिल्लामा रहेको ‘दोलखा फिल्मी सिटी’ को संस्थागत विकासमा सरकार लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आफू देश र जनताको हितमा समर्पित भएर काम गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।
कार्यक्रममा बोल्दै पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले दोलखा साहित्य समृद्धिको लागि अनुपम थलो भएको बताउँदै त्यसलाई थप उचाईमा पु¥याउन सरकारसँग आग्रह गर्नुभयो । कार्यक्रममा मन्त्री गुरुङले साहित्यकार एम.बी. खड्काद्धारा लिखित ‘डाँडाको लाँकुरी’ नामक कविता सङ्ग्रहको पनि बिमोचन गर्नु भएको थियो ।

Read more

ट्रेड युनियन आन्दोलन : इतिहासको गौरव, वर्तमानको चुनौती र भविष्यको जिम्मेवारी

अधिकारको रक्षा, राजनीतिक स्वायत्तता, श्रमिक एकता र कर्तव्यप्रतिको इमानदारी आजको आवश्यकता-घनश्याम रेग्मी परिचय मानव सभ्यताको विकास, सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको आधार श्रम हो। मानव समाजले आज हासिल…

गोर्खा विरासतको निर्णायक मोड : नेपालले अब भारतीय सेनामा भर्तीको ढोका खोल्नुपर्छ!

एउटा ऐतिहासिक सैनिक परम्परा, हजारौँ नेपाली युवाको भविष्य र नेपाल–भारत सम्बन्धको साझा गौरवलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन – सुबेदार मेजर अनरेरी क्याप्टेन रुकुमबहादुर राना, १ गोर्खा राइफल्स सम्पादित…

नारी अस्मितामाथिको प्रहार र न्यायको प्रश्न : अडियो प्रकरणको निष्पक्ष छानबिन होस्

दीपशिखा शर्मा |  एक्काइसौँ शताब्दीको सभ्य र आधुनिक युगमा पनि महिलाहरूले मानसिक यातना, अपमान, दमन र अन्यायको सामना गर्नुपरिरहेको वास्तविकता अत्यन्त दुःखद र चिन्ताजनक छ। समानता, मानव अधिकार…

कांग्रेसको १५औँ महाधिवेशन : अब नेतृत्व होइन, राजनीतिक दिशाको फैसला

युवराज खनाल, तनहुँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको माहोल तातिरहेका बेला स्वाभाविक रूपमा एउटा प्रश्न सबैभन्दा बढी सुनिन्छ— अब कांग्रेसको नेतृत्व कसले गर्ने? तर कांग्रेसका लागि यो प्रश्नभन्दा ठूलो…

किन बढ्दैछन् ईभी गाडीमा आगलागीका घटना? प्रविधि कि जोखिम?

विशेष लेख | दीपशिखा शर्मा। विद्युतीय सवारीसाधन (ईभी) लाई पेट्रोलियम पदार्थको विकल्प, कम सञ्चालन खर्च र वातावरणमैत्री यातायातको माध्यमका रूपमा लिने क्रम नेपालमा तीव्र बन्दै गएको छ। तर,…

भदौ १० : त्रिशूलीको भेलसँगै बगेको एउटा दिन

२४ घण्टाको छटपटी, जन्मभूमि फर्किने हुटहुटी र विपत्तिमा जागेको मानवता — अनुज कुमार श्रेष्ठ, सामाजिक अभियन्ता / लायन्स अभियानमा आबद्ध भदौ १० को बिहान म पोखरामा थिएँ। कार्यक्रमको…