२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
देशमुख्य खबरविचार / ब्लग

लोकतन्त्र, मानव अधिकार र स्वतन्त्रता सुदृढ र सुनिश्चिता गर्न लोकतन्त्र, शान्ति र अधिकारवादीहरुलाई सहकार्य गर्न काँग्रेस वरिष्ठ नेता पौडेलद्धारा आह्वान

काठमाडाँ, २५ मङ्सिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र, मानव अधिकार र स्वतन्त्रता सुदृढ र सुनिश्चित गर्दै भविष्यको यात्रा तय गर्नुपर्छ भन्दै यसका लागि सबै लोकतन्त्र, शान्ति र अधिकारवादीहरुलाई सहकार्य गर्न आह्वान गर्नुभएको छ । ७२ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा शुभकामना ः सहकार्यका लागि आह्वान शीर्षकमा जारी गर्नुभएको सन्देशमा वरिष्ठ नेता पौडेलले नेपाली नागरिकको अधिकारको रक्षाका लागि वर्तमान सर्वसत्तावादी चरित्र विरुद्ध शान्तिपूर्ण तवरले दृढताका साथ उभिनु र प्रतिगमनको कुनै पनि संभावनालाई निस्तेज पार्ने दोहोरो दायित्व सबै लोकतन्त्र र अधिकारवादीहरुमा आएको उल्लेख गर्नुभएको छ ।

“यो अवस्थामा विगततर्फ फर्कने होइन, नेपाली नागरिकको मानव अधिकार रक्षाका लागि म र मेरो पार्टी नेपाली कांग्रेस हिजो पनि प्रतिवद्ध थियो, आज पनि छ र मेरो सारा उर्जा नागरिकको मानव अधिकार र आधारभूत स्वतन्त्रताको संरक्षणमा सदैव खपत हुने विश्वास पनि दिलाउन चाहान्छु”, सन्देशमा भनिएको छ ।

उहाँले २०१७ सालमा नेपाली नागरिकको राजनीतिक स्वतन्त्रताको अपहरण पश्चात मानव अधिकार दिवस मनाउँदा समेत अनेकौ कठिनाइको सामना गर्नुपर्ने इतिहासको स्मरण गर्दै आज नेपालमा त्यो स्थिति नभएता पनि सत्ताको स्वेच्छाचारी एवं सर्वसत्तावादी चरित्रका कारण अनेकौ प्रश्न खडा हुन थालेको बताउनुभएको छ । “ एकातिर झण्डै दुई तिहाइको नेकपाको सरकारले मानव अधिकारको विश्वव्यापी घोषणापत्रद्वारा निर्दिष्ट नागरिकको राजनीतिक स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी केही विधेयकहरु अघि सारेको छ त नेकपाको कुशासनका कारण नागरिकका आर्थिक सामाजिक अधिकारहरु ओझेलमा पर्न थालेका छन् । कुशासन र अव्यवस्थाका कारण एकातिर नागरिकहरुमा आक्रोश बढ्न थालेको देखिन्छ अर्कोतिर इतिहासले विदा गरिसकेका असान्दर्भिक एवं प्रतिगामी मान्यता र चरित्रहरुले टाउको उठाउन थालेका छन् जसका कारण नागरिकले ठूलो त्याग र संघर्ष पश्चात हासिल गरेको उपलब्धीहरुमाथि ग्रहण लाग्न थालेको हो कि भन्ने चिन्ताले सताउन थालेको छ”, वरिष्ठ नेता पौडेलद्धारा जारी सन्देशमा भनिएकोछ ।

७२ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बरका अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु भन्दै उहाँले सन् १९४८ डिसेम्बर १० का दिन संयुक्त राष्ट्रसंघ महासभाले मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको थियो भन्दै भय र अभावबाट मुक्तिको उपभोग गर्न पाउने विश्वको सिर्जनाका लागि  प्रतिपादित मानव अधिकारको विश्वव्यापी घोषणापत्रमा निहित अधिकारहरुको संरक्षण र प्रवद्र्धन अत्यन्त आवश्यक छ भन्नुभएको छ ।

Read more

गोर्खा विरासतको निर्णायक मोड : नेपालले अब भारतीय सेनामा भर्तीको ढोका खोल्नुपर्छ!

एउटा ऐतिहासिक सैनिक परम्परा, हजारौँ नेपाली युवाको भविष्य र नेपाल–भारत सम्बन्धको साझा गौरवलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन – सुबेदार मेजर अनरेरी क्याप्टेन रुकुमबहादुर राना, १ गोर्खा राइफल्स सम्पादित…

नारी अस्मितामाथिको प्रहार र न्यायको प्रश्न : अडियो प्रकरणको निष्पक्ष छानबिन होस्

दीपशिखा शर्मा |  एक्काइसौँ शताब्दीको सभ्य र आधुनिक युगमा पनि महिलाहरूले मानसिक यातना, अपमान, दमन र अन्यायको सामना गर्नुपरिरहेको वास्तविकता अत्यन्त दुःखद र चिन्ताजनक छ। समानता, मानव अधिकार…

कांग्रेसको १५औँ महाधिवेशन : अब नेतृत्व होइन, राजनीतिक दिशाको फैसला

युवराज खनाल, तनहुँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको माहोल तातिरहेका बेला स्वाभाविक रूपमा एउटा प्रश्न सबैभन्दा बढी सुनिन्छ— अब कांग्रेसको नेतृत्व कसले गर्ने? तर कांग्रेसका लागि यो प्रश्नभन्दा ठूलो…

किन बढ्दैछन् ईभी गाडीमा आगलागीका घटना? प्रविधि कि जोखिम?

विशेष लेख | दीपशिखा शर्मा। विद्युतीय सवारीसाधन (ईभी) लाई पेट्रोलियम पदार्थको विकल्प, कम सञ्चालन खर्च र वातावरणमैत्री यातायातको माध्यमका रूपमा लिने क्रम नेपालमा तीव्र बन्दै गएको छ। तर,…

भदौ १० : त्रिशूलीको भेलसँगै बगेको एउटा दिन

२४ घण्टाको छटपटी, जन्मभूमि फर्किने हुटहुटी र विपत्तिमा जागेको मानवता — अनुज कुमार श्रेष्ठ, सामाजिक अभियन्ता / लायन्स अभियानमा आबद्ध भदौ १० को बिहान म पोखरामा थिएँ। कार्यक्रमको…

जीवनका तिता सत्य र मीठा पाठहरू

मानिसको जीवनमा केही यस्ता शब्दहरू हुन्छन्, जसले उसको सम्पूर्ण मनोविज्ञान र जीवनयात्राको चित्र कोर्छन्। “हुँदैन”, “सक्दिन” र “छैन” जस्ता शब्दहरू धेरैको जीवनमा बारम्बार दोहोरिन्छन्, जबकि “हुन्छ”, “भइहाल्छ नि”…