२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
कोरोना-विशेषफिचर समाचारविदेश

बेलायत कोरोना भाइरसको नयाँ स्वरुपको मारमा

लन्डन, । बेलायतमा कोरोना भाइरसको नयाँ स्वरुपको जिवाणु भेटिएको भन्दै यहाँका कतिपय स्थानमा थप प्रतिबन्ध लगाइएको छ ।

बेलायत सरकारले यहाँका कैयौँ स्थानमा कडा खालको प्रतिबन्ध लगाइएको बताएको छ ।

यहाँका अधिकारीले बेलायतमा कडा खालको कोरोना भाइरसको जिवाणु भेटिएको बताएका छन् ।

यसअघि पनि बेलायतमा गत वर्ष चीनको वुहानबाट उत्पत्ति भएको भनिएको कोरोना भाइरसको दोस्रो लहर आएको र त्यसले पहिलेको भन्दा धेरै असर पारेको बताइएको छ ।

यो दोस्रो लहरका कारण बेलायतमा केही हप्ता यतादेखि कडा खालका प्रतिबन्ध लगाएको थियो र यसपछि पछिल्ला केही दिनयतादेखि पनि यहाँ झनै कडा भाइरस आएको भन्दै थप प्रतिबन्ध लगाइएको थियो ।

ब्रिटिस सरकारको यो आदेश आएको भोलिपल्टै आइतबार मात्र डच सरकारले पनि यो यात्रा प्रतिबन्ध लगाएको समाचार आएको छ ।

बेलायतमा आगामी क्रिसमसमा र नयाँ वर्षमा दिइएको विदाका समयमा नागरिकले विदा मनाउन ठूलो संख्यामा जम्मा हुनसक्ने भएकोले यसमाथि प्रतिबन्ध लगाएको बुझिएको छ ।

बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले यहाँका थप केही स्थानमा कडा खालको प्रतिबन्ध लगाइएको घोषणा बुधबार मात्र गर्नुभएको थियो ।

जसका कारण यहाँ बसोबास गर्ने कतिपय स्थानका नागरिक त घरबाट निस्किनसमेत नपाउने गरी प्रतिबन्ध लगाइएको अधिकारीले जानकारी गराएका छन् ।

यसरी बुधबार नयाँ प्रतिबन्ध लगाइएका स्थानमा पूर्वीबेलायतका विभिन्न सात स्थान रहेका स्वास्थ्यमन्त्री म्याटले जानकारी दिनुभएको हो ।

ती स्थानमा पछिल्लो पटक नयाँ खालका कोरोना भाइरसका दुई जना बिरामी भेटिएपछि यस्तो प्रतिबन्ध लगाउनुपरेको उहाँले बताउनुभएको थियो ।

यसैबीच बेलायतमा यो पछिल्लो अवस्थापछि बेलायतबाट आउने तथा बेलायत जाने हवाई उडानमाथि नै प्रतिबन्ध लगाएको बताएका छन् ।

बेलायतबाट हुने उडानमा विश्वका ४० भन्दा बढी देशले प्रतिबन्ध लगाएका समाचार आएका छन् । गएको आइतबार मात्र पनि डच सरकारले यस्तै खालको प्रतिबन्ध लगाइएको डच सरकारले विज्ञप्तिमार्फत जानकारी गराएको थियो ।

बेलायतबाट आएको उडानमा रहेका एकजना व्यक्तिमा हालैमात्र कोरोना भाइरसको जिवाणु पाइएको भन्दै यस उडानमा प्रतिबन्ध लगाएको बताइएको हो ।

बेलायतल सरकारले पनि आगामी क्रिसमस पर्व र नयाँ वर्षका अवसरमा धेरै भीडभाड हुनसक्ने सम्भावना रहेकोले नागरिकलाई घरबाट बाहिर ननिस्कन र निस्किएमा पनि भिडभाड नगर्न भनेको छ ।

बेलायतबाट हुनसक्ने कोरोनाको सङ्क्रमणलाई जति सक्दो कम गर्न तथा फैलिन नदिन बेलायत जान र त्यहाँबाट आउने नागरिकलाई रोक्नका लागि यतिखेर विश्वका कैयौँ देशले यात्रामा प्रतिबन्ध लगाएको बताएका छन् ।

यसरी बेलायत दोस्रो लहरको प्रभावपछि पनि थप समस्यामा परेको पाइएको छ । गत वर्षको डिसेम्बरबाट शुरु भएको पुरानै कोरोना भाइरसबाट पनि शुरुमा प्रभावित भएको बेलायतले यसको नियन्त्रण राम्रोसँग गर्न सफल भएको थियो ।

अघिल्लो महिनादेखि पुनःयसैको दोस्रो लहर आयो र यहाँको जनजीवनलाई थप प्रभावित बनायो । त्यसपछि पनि केही नयाँ प्रतिबन्ध बेलायतले घोषणा गरेका थिए ।

त्यसैमाथि अहिले फेरि झन् कडा खालको र मृत्युको दर पनि बढी भएको यो नयाँ भाइरस देखिएको भन्दै यसले बृटिस सरकार र यहाँका नागरिकलाई थप समस्यामा पारेको छ ।

यसका कारण फेरि पनि यहाँका कतिपय स्थानका नागरिक घरबाट बाहिर निस्किन नपाउँदा समस्या थपिएको छ । यसमा पनि नयाँ भाइरसको त्रासका कारण विश्वका ४० भन्दा बढी देशले बेलायतमाथि यात्रा प्रतिबन्ध लगाएपछि त यहाँको जनजीवन थप प्रभावित भएको बताइएको छ ।

यसका कारण बेलायतले यो पछिल्लो संस्करणको भाइरसले यहाँको जनजीवनलाई प्रभावित त बनाउँछ नै यसले यहाँ बेरोजगारी समस्या उत्पन्न गर्ने तथा यहाँको अर्थतन्त्रमा पनि नराम्रो प्रभाव पार्ने निश्चित जस्तो देखिएको जानकारको भनाइ छ ।

Read more

भदौ १० : त्रिशूलीको भेलसँगै बगेको एउटा दिन

२४ घण्टाको छटपटी, जन्मभूमि फर्किने हुटहुटी र विपत्तिमा जागेको मानवता — अनुज कुमार श्रेष्ठ, सामाजिक अभियन्ता / लायन्स अभियानमा आबद्ध भदौ १० को बिहान म पोखरामा थिएँ। कार्यक्रमको…

हङकङमा हुने १०८औँ लायन्स अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तीव्र

पोखरा भ्यूज । विश्वभरका लायन्स तथा लियो सदस्यहरूको सहभागितामा आयोजना हुने १०८औँ लायन्स अन्तर्राष्ट्रिय सम्मेलन सन् २०२६ जुलाई ३ देखि ७ तारिखसम्म चीनको हंगकंगमा आयोजना हुने भएको छ।…

“लायन्स अन्तर्राष्ट्रिय पिस एसे”को ग्राण्ड प्राइज ब्राजिली दृष्टिविहीन किशोरी एड्रियेन मिरेली दा सिल्भालाई

पोखरा भ्यूज। “शान्ति आँखाबाट होइन, पूर्वाग्रहविहीन मनबाट सुरु हुन्छ।” यही गहिरो मानवीय सन्देशमार्फत १३ वर्षीया ब्राजिली छात्रा एड्रियेन मिरेली दा सिल्भाले २०२५–२०२६ को “लायन्स अन्तर्राष्ट्रिय पिस एसे” प्रतियोगिताको…

इरान–अमेरिका–इजरायल द्वन्द्व चर्किँदै, खामेनीको मृत्युबारे परस्पर विरोधी दाबी

काठमाडौँ। मध्यपूर्वमा असाधारण र विस्फोटक परिस्थिति उत्पन्न गर्दै संयुक्त राज्य अमेरिका र इजरायल ले शनिबार इरान विरुद्ध संयुक्त सैन्य आक्रमण सुरु गरेपछि क्षेत्रीय तनाव चरम बिन्दुमा पुगेको छ।…

राष्ट्रपति पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन कतार प्रस्थान

काठमाडौं, कात्तिक १८।राष्ट्रपति रामचन्द्र पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान कतारको राजधानी दोहा प्रस्थान गर्नुभएको छ। उहाँ कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा दोहामा…

नेपालमा स्थिरता आए युएईको भिसा सहज बन्नेछ: राजदूत तेजबहादुर क्षेत्री

क्षितिज विक्रम खनाल, अबुधाबी (युएई) । संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले हाल युएईमा नेपाली नागरिकका लागि कडाइ गरिएको भिसा नीतिको कारण नेपालमा उत्पन्न राजनीतिक अस्थिरता…