२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
फिचर समाचारविदेश

२०७२ वैशाख १२ को महाभूकम्पको तस्विर पुस्तक अमेरिकामा सार्वजनिक !

नेपालमा २०७२ साल वैशाख १२ गते विनाशकारी महाभूकम्पका कारण दशौं हजारले ज्यान गुमाए । लाखौंको घरबार विहिन भयो । भूकम्पको त्यो कहालीलाग्दो क्षण अहिले पनि हामी नेपालीको स्मरणमा ताजै छ । तर, हाल अमेरिकामा रहेका फोटो पत्रकार कुमार श्रेष्ठले वैशाख १२ को विनाशकारी भूकम्पलाई तस्विर पुस्तकको रुपमा ल्याएका छन् ।
उनीद्वारा खिचिएका महाभूकम्पको फोटो पुस्तक आइतबार अमेरिकास्थित नेपाली राजदूतावासमा सार्वजनिक भएको छ । अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्की र अमेरिका नेपाल सोसाइटीकी अध्यक्ष प्रभा भट्टराई देउजाले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका हुन् ।
पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै राजदूत कार्कीले श्रेष्ठद्वारा कैद गरिएको फोटोकथा हेरेपछि आफूलाई २०७२ साल बैशाख १२ को महाभूकम्पको दर्दनाक स्मरण भएको बताए । ‘यो पुस्तक हेरेपछि मलाई त्यो समयको दर्दनाक स्थितिको स्मरण भयो । यसलाई पुस्तकको रुपमा देख्न पाउँदा म त्यतिबेला ज्यान गुमाउने नेपाली दाजुभाई तथा दिदिबहिनीहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहान्छु,’ राजदूत कार्कीले भने,‘यो पुस्तकलाई नेपाली समाजसम्म पुर्याउन सकियोस् । भूकम्पले पुर्याउने मानविय क्षती र त्यसको प्रभावको विषयमा विश्वमा नै यो पुस्तकले नयाँ सन्देश दिनेछ ।’
त्यस्तै अमेरिका नेपाल सोसाइटीकी अध्यक्ष प्रभा भट्टराई देउजाले पुस्तकले प्रवासमा रहेका नेपालीहरुलाई आफ्नो मुलुकको दुखद क्षण याद दिलाउने बताइन् । ‘यो पुस्तकले हामी प्रवासमा बसेका नेपालीहरुलाई त्यो समयको दुखको क्षण याद दिलाउँछ । हामीले भूकम्पको समयमा नेपालमा जति सहयोग गर्न पायौँ । त्यसमा हामी खुसी छौँ,’ उनले भनिन्,‘यो पुस्तक एउटा इतिहासको दस्ताबेजिकरण हुनेछ । हामीले संरक्षण गरेर राख्नुपर्छ ।’
फोटो पत्रकार कुमार श्रेष्ठले आफूले यो पुस्तकमा नेपालमा २०७२ साल वैशाख १२ गते विहान ११ बजेर ५७ मिनेटको समयदेखि उद्दारसम्मका २ सय तस्विर सामेल गरेको बताए । यो तस्विर कथा ईतिहासको जिवित कथा हुने उनले बताए । ‘नेपालमा गएका भूकम्पहरु मध्ये १९९० को भूकम्पका कथाहरु हामीले सुनका छौँ । तर, जिवित तस्विरको रुपमा हामीसँग त्यो समयको पुस्तक छैन,’ उनले भने,‘हामीले यसलाई कथा र किम्बदन्तीको रुपमा मात्रै होइन जिवित बनाउने प्रयास स्वरुप पुस्तकको रुपमा ल्याएका हौँ ।
यो पुस्तकले आगामी दिनमा आम मानिस जनधनको सुरक्षा गर्न सचेत हुनेछन् । यो पुस्तक अमेजनबाट किन्न सकिनेछ । नेपालका लागि निकट भविष्यमै नेपालमै मुद्रण गरिनेछ ।’
त्यस्तै उनकाअनुसार यो पुस्तक बिक्रीपश्चात आउने रोयल्टीबाट नेपालका लागि पूर्व अमेरिकी रजदूत स्कटएच डेलिसिले नेपालमा भूकम्पपछि सहयोगकालािग सञ्चालन गरेको संस्था स्वरवेय फाउन्डेशनलाई सहयोग गरिनेछ । केही रकम भने अमेरिका नेपाल सोसाइटीलाई सहयोग गर्ने र बाँकी सबै रकम सामाजिक कार्यमा खर्च गर्ने श्रेष्ठले प्रतिबद्धता जनाएका छन् ।
पुस्तकमा २ सयवटा तस्विर रहनेछन् । त्यस्तै सन् २०१५ अप्रिल २५ नेपालमा भुकम्प आएकाले सोही मिति पारेर ‘४२५’ पुस्तकको नाम दिइएको श्रेष्ठले बताए ।

Read more

भदौ १० : त्रिशूलीको भेलसँगै बगेको एउटा दिन

२४ घण्टाको छटपटी, जन्मभूमि फर्किने हुटहुटी र विपत्तिमा जागेको मानवता — अनुज कुमार श्रेष्ठ, सामाजिक अभियन्ता / लायन्स अभियानमा आबद्ध भदौ १० को बिहान म पोखरामा थिएँ। कार्यक्रमको…

हङकङमा हुने १०८औँ लायन्स अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तीव्र

पोखरा भ्यूज । विश्वभरका लायन्स तथा लियो सदस्यहरूको सहभागितामा आयोजना हुने १०८औँ लायन्स अन्तर्राष्ट्रिय सम्मेलन सन् २०२६ जुलाई ३ देखि ७ तारिखसम्म चीनको हंगकंगमा आयोजना हुने भएको छ।…

“लायन्स अन्तर्राष्ट्रिय पिस एसे”को ग्राण्ड प्राइज ब्राजिली दृष्टिविहीन किशोरी एड्रियेन मिरेली दा सिल्भालाई

पोखरा भ्यूज। “शान्ति आँखाबाट होइन, पूर्वाग्रहविहीन मनबाट सुरु हुन्छ।” यही गहिरो मानवीय सन्देशमार्फत १३ वर्षीया ब्राजिली छात्रा एड्रियेन मिरेली दा सिल्भाले २०२५–२०२६ को “लायन्स अन्तर्राष्ट्रिय पिस एसे” प्रतियोगिताको…

इरान–अमेरिका–इजरायल द्वन्द्व चर्किँदै, खामेनीको मृत्युबारे परस्पर विरोधी दाबी

काठमाडौँ। मध्यपूर्वमा असाधारण र विस्फोटक परिस्थिति उत्पन्न गर्दै संयुक्त राज्य अमेरिका र इजरायल ले शनिबार इरान विरुद्ध संयुक्त सैन्य आक्रमण सुरु गरेपछि क्षेत्रीय तनाव चरम बिन्दुमा पुगेको छ।…

राष्ट्रपति पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन कतार प्रस्थान

काठमाडौं, कात्तिक १८।राष्ट्रपति रामचन्द्र पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान कतारको राजधानी दोहा प्रस्थान गर्नुभएको छ। उहाँ कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा दोहामा…

नेपालमा स्थिरता आए युएईको भिसा सहज बन्नेछ: राजदूत तेजबहादुर क्षेत्री

क्षितिज विक्रम खनाल, अबुधाबी (युएई) । संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले हाल युएईमा नेपाली नागरिकका लागि कडाइ गरिएको भिसा नीतिको कारण नेपालमा उत्पन्न राजनीतिक अस्थिरता…