२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
पत्रपत्रिका

सरकारी वकिललाई पनि समय निर्धारण

काठमाडौँ, माघ २४ गते । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा आइतबारदेखि सरकारी वकिललाई पनि समय तोकिने भएको छ । विपक्षीका तर्फबाट पनि सबै विषय आइसकेकाले नदोहोरिएका विषयमा मात्र बहस गर्ने गरी समय निर्धारणको तयारी भएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रबार इजलासको अन्त्यमा समय तोक्नेबारे जानकारी विपक्षतर्फका वकिललाई दिनुभएको छ । प्रधानन्यायाधीश जबराले अब १०, १५ मिनेटमा बहस सक्न आग्रहसमेत गर्नुभएको छ । विपक्षीका तर्फबाट शुक्रबारसम्म लगातार चोथौ दिन बहस भइसकेको छ । जसमा बहसका लागि समय तोकिएको थिएन ।
सरकारी वकिल र प्रधानमन्त्रीका तर्फबाट अझै धेरै कानुन व्यवसायी बहसका क्रममा भएकाले अब छोटो गर्ने र समय निर्धारण हुने जानकारी दिँदै प्रधानन्यायाधीश जबराले भन्नुभयो– ‘‘अब समय तोकिन्छ । तपाईंहरूले १०, १५ मिनेटमा आफ्ना धारणा राख्नुहोला । प्रधानमन्त्रीका पक्षबाट पनि धेरै कानुन व्यवसायी बाँकी नै हुनुहुन्छ ।’’ शुक्रबार सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले प्रतिनिधि सभा अविछिन्न उत्तराधिकार प्राप्त संस्था नभएकाले पाँच वर्षअघि विघटन हुन सक्ने जिकिर गर्नुभयो । प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने संसदीय व्यवस्थाको एकीकृत मान्यता भएको जिकिर गर्दै उहाँले प्रधानमन्त्रीविरुद्ध दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नसक्ने संविधानमा स्पष्ट व्यवस्था भए पनि विघटनबारे कुनै स्पष्ट प्रावधान नरहेको जिकिर गर्नुभयो ।

यो समाचार आजको गोर्खापत्रमा छापिएको छ ।

Read more

‘उत्कृष्ट गन्तव्य कालिन्चोक’ पुस्तक लोकार्पण

काठमाडौं । ‘उत्कृष्ट गन्तव्य कालिन्चोक’ नामक पुस्तक बुधबार राजधानीमा लोकार्पण गरिएको छ। कामना न्यूज पब्लिकेसन्सका प्रबन्ध निर्देशक दिरेकलाल श्रेष्ठ र नेपाल समाचारपत्रका सम्पादक सागर पण्डितले संयुक्त रूपमा पुस्तक…

फ्रि मिडिया नेटवर्क कार्यक्रममा नवनिर्वाचित महासंघका पदाधिकारीलाई सम्मान

पोखरा । फ्रि मिडिया नेटवर्कले शुक्रवार पोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा महासंघका नवनिर्वाचित  केन्द्रीय अध्यक्ष   र वरिष्ठ उपाध्यक्ष लाई सम्मान गरिएको छ । फ्रि मिडिया  नेटवर्कलाई थप…

झेंडीमगरलाई मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार, शिक्षामा कमजोर हुँदा मगर समुदाय पछाडि परेः सांसद गाहामगर

पोखरा।  नेपाल मगर पत्रकार संघ कास्कीले सञ्चालन गर्दै आएको ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार-२०८१’ नवलपुरकी पत्रकार शारदा झेंडी मगरलाई अर्पण गरिएको छ । राष्ट्रिय मौलिक कौराहा संरक्षण…

नारायणहिटीमा सिनेमा हेर्न पाइने

काठमाडौँ। नारायणहिटी दरबार सङ्ग्रहालयमा पुगेका अवलोकनकर्ताहरूले केही समयपछि तत्कालीन राजपरिवारले हेर्ने गरेका सिनेमा तथा डकुमेन्ट्री हेर्न पाउने भएका छन् । नारायणहिटी दरबारको मूल भवनमा दशैँमा टीका थाप्ने कक्षसँग…

एघार महिने शिशुमा कलेजो प्रत्यारोपण

काठमाडौँ । नेपालमा पहिलो पटक ११ महिने शिशुमा कलेजोको सफल प्रत्यारोपण गरिएको छ । त्रिवि शिक्षण अस्पतालका प्रत्यारोपणविद् डा. रमेशसिंह भण्डारीको नेतृत्वमा शिशुमा कलेजो प्रत्यारोपण गरिएको हो ।…

राष्ट्र बलियो बनाउन प्रतिरक्षा नीति

काठमाडौँ, फागुन ११ गते ।  सरकारले राष्ट्रिय प्रतिरक्षा नीति–२०७७ स्वीकृत गरेको छ । मुलुकको प्रतिरक्षा योजना तथा रणनीति सम्बन्धमा निर्माण गरिएको सो नीति स्वीकृत गरिएको हो । रक्षा…