२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
पत्रपत्रिकास्वास्थ्य

एघार महिने शिशुमा कलेजो प्रत्यारोपण

काठमाडौँ । नेपालमा पहिलो पटक ११ महिने शिशुमा कलेजोको सफल प्रत्यारोपण गरिएको छ ।

त्रिवि शिक्षण अस्पतालका प्रत्यारोपणविद् डा. रमेशसिंह भण्डारीको नेतृत्वमा शिशुमा कलेजो प्रत्यारोपण गरिएको हो ।

शिशुलाई ३५ वर्षीय बाबुले कलेजो दान गर्नुभएको हो । अहिले प्रत्यारोपण गर्ने शिशु र कलेजो दिने बाबुको स्वास्थ्य अवस्था सामान्य छ । वरिष्ठ प्रत्यारोपण सर्जन डा. रमेशसिंह भण्डारीका अनुसार अहिले शिशु र कलेजो दिने बाबुलाई आईसीयूमा राखिएको छ ।

भण्डारीले गोरखापत्रलाई दिनुभएको जानकारीअनुसार भण्डारीको नेतृत्वमा ६० जनाको टोलीले कलेजोको प्रत्यारोपण गरेको हो । टोलीमा २५ जना चिकित्सक हुनुहुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष पहलमा नेपालमा पहिलो पटक शिशुको सफल कलेजो प्रत्यारोपण भएको हो । सुरुमा शिक्षण अस्पतालमा शिशु लगिएकोमा नेपालमा सम्भव नहुने भन्दै भारतमा मात्र उपचार हुनसक्ने बताइएको थियो ।

भारत रिफर गर्दा आर्थिक व्यवस्थापनको क्रममा प्रधानमन्त्री ओलीकहाँ कलेजो प्रत्यारोपणको विषय पुगेपछि ओलीले तत्काल शिक्षण अस्पतालका प्रत्यारोपणविद् डा. रमेशसिंह भण्डारीलाई शिशुको कलेजो प्रत्यारोपण नेपालमा सम्भव भएसम्म व्यवस्था मिलाउन आग्रह गर्नुभएको थियो । अर्थ सङ्कलनका क्रममा शिशुका आफन्त प्रधानमन्त्रीकहाँ पुगेपछि प्रधानमन्त्रीले चासो व्यक्त गर्नुभएको भण्डारीले जानकारी दिनुभयो । काभ्रेका एघार महिनाको बालकलाई शनिबार १ बजेदेखि शल्यक्रिया सुरु गरेर राति ९ बजेसम्म लगाएर सफल कलेजो प्रत्यारोपण गरिएको हो ।

प्रत्यारोपणमा संलग्न प्रत्यारोपणविद् डा. भण्डारीले आठ घण्टा लगाएर शिशुको कलेजो प्रत्यारोपण गरिएको जानकारी दिनुभयो । उहाँले शिशुमा जन्मजात कलेजोमा समस्या रहेको जानकारी दिनुभयो ।आफ्नो शिशुमा कलेजो प्रत्यारोपणका लागि विदेशमा उपचारको व्यवस्था मिलाइदिन आफन्तले बारम्बार प्रधानमन्त्री ओलीलाई आग्रह गरेका र प्रधानमन्त्री ओलीले शिक्षण अस्पतालमा प्रभावकारी उपचार रहेको विश्वास दिलाएपछि ती शिशुको कलेजो प्रत्यारोपण गरिएको डा. भण्डारीले जानकारी दिनुभयो । आजको गोर्खापत्रमा यो समाचार प्रकाशित छ ।

Read more

पोखराबाट सुरु भएको युआरएल अब ‘ग्रुप’मा रूपान्तरण

२१ शाखासहित सेवा विस्तार, नयाँ नेतृत्व चयन पोखरा । पोखरा न्युरोडमा १३ वर्षअघि स्थापना भएको युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) अब ‘युआरएल ग्रुप’मा रूपान्तरण भएको छ। शुक्रबार सम्पन्न विशेष…

“ऐन–नियमअनुसार जिम्मेवारी पूरा गर्दै अस्पतालको श्रीवृद्धिमा नेतृत्व दिनुहोस्”-स्वास्थ्य मन्त्री पाठक

गण्डकीका १६ प्रदेश अस्पतालका नवगठित व्यवस्थापन समितिसँग अन्तरक्रिया पोखरा, फागुन ११ — गण्डकी प्रदेश सरकार , स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश को आयोजनामा मन्त्रालय मातहतका २ आयुर्वेद अस्पतालसहित कुल…

महिला मेनोपोज तथा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

काठमाडौँ । लायन्स क्लब अफ काठमाडौँ फिनिक्सद्वारा आयोजित “महिला मेनोपोज तथा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम (भाग–३)” गत पौष २७ गते आइतबार ललितपुरको नख्खुपोटस्थित महालक्ष्मी माध्यमिक विद्यालयमा सम्पन्न भएको…

पोखरामा दुई स्थानमा निःशुल्क रक्त परीक्षण शिविर, ५ सय ५५ जनाको स्वास्थ्य जाँच

पोखरा, ५ पुस। गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) को प्राविधिक सहयोगमा शनिबार पोखराका दुई स्थानमा निःशुल्क रक्त परीक्षण शिविर सम्पन्न…

स्थापनाको १३ वर्षमै चरक हस्पिटल प्रदेशकै भरोसायोग्य स्वास्थ्य सेवा केन्द्र बन्दै

पोखरा, २२ मंसिर। पोखराको नागढुंगामा अवस्थित सुविधा सम्पन्न चरक मेमोरियल हस्पिटल प्रालिले सेवा यात्राको १३ वर्ष पूरा गर्दै विविध कार्यक्रमसहित वार्षिकोत्सव मनाएको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले शनिबार रक्तदान…

 पोखरा ग्लोरीद्वारा स्याङ्गजामा बृहत् आँखा शिविर, २५० भन्दा बढी लाभान्वित

स्याङ्गजा। स्याङ्गजा, पुतलिबजार–१४, लामागेस्थित श्री श्रवण माध्यमिक विद्यालयको प्रांगणमा लायन्स क्लब अफ पोखरा ग्लोरीद्वारा एकदिने बृहत् आँखा शिविर सम्पन्न भएको छ। शिविरमार्फत २५० भन्दा बढी स्थानीयवासीले आँखा स्वास्थ्य…