२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
पत्रपत्रिकाफिचर समाचार

नारायणहिटीमा सिनेमा हेर्न पाइने

काठमाडौँ। नारायणहिटी दरबार सङ्ग्रहालयमा पुगेका अवलोकनकर्ताहरूले केही समयपछि तत्कालीन राजपरिवारले हेर्ने गरेका सिनेमा तथा डकुमेन्ट्री हेर्न पाउने भएका छन् ।

नारायणहिटी दरबारको मूल भवनमा दशैँमा टीका थाप्ने कक्षसँग जोडिएको सिनेमा हल दरबार हत्याकाण्डपछि बन्दै छ ।

दरबार अवलोकर्ताहरूको चासो र उत्सुकता सिनेमा हलप्रति हुने गरेको छ । त्यसैले सो हल खुला गरी अवलोकनकर्ताका लागि सिनेमा प्रदर्शन गर्न नारायणहिटी दरबार सङ्ग्रहालय विकास समितिले तयारी थालको छ ।

सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले सिनेमा हलका बारेमा धेरैले जिज्ञासा राख्ने गरेको सुनाउँदै भन्नुभयो, “अब छिट्टै सिनेमा हलका कुर्सीमा बसेर तत्कालीन राजारानीले हेरेका सिनेमा हेर्न पाइनेछ ।”झण्डै २० वर्षसम्म ।।।प्रोजेक्टर हल’ रहेको सानो कोठामा सिनेमाका ती रिललाई थन्क्याइँदा ढुसी परेको छ । रिल छोप्ने प्रत्येक भाँडोलाई सङ्ग्रहालयका कर्मचारीहरूले मट्टीतेलले सफा गरिरहेका छन् भने नेपाल चलचित्र संस्थानबाट अवकास पाइसक्नुभएका प्राविधिक भरतप्रसाद नेपाल रिललाई सफा गर्नेदेखि अन्य मर्मतका कार्यमा व्यस्त हुनुहुन्छ । उहाँले २०२६ सालदेखिका डकुमेन्ट्री तथा केही नेपाली चलचित्रको रिल रहेको बताउँदै भन्नुभयो, “धेरैजसो रिललाई यहीँ सफा गर्न सकिन्छ । कतिपयको अवस्था जीर्ण भएकाले भारतमा पठाउनुपर्ने हुनसक्छ ।” दरबारको सिनेमा हलमा दुईवटा प्रोजेक्टर छन् । तिनलाई सामान्य मर्मतपछि सञ्चालनमा ल्याउन सकिन्छ । सङ्ग्रहालयका कार्यकारी निर्देशक दाहालले सकेसम्म आउँदो वैशाखबाट सिनेमा प्रदर्शन गर्ने तयारी गरिएको बताउँदै थप्नुभयो, “अवलोकनकर्ताहरूलाई समय तोकेर पालैपालो सिनेमा देखाइनेछ ।” तत्कालीन राजपरिवारका सदस्य एवं शाही नातेदारहरूले प्रायः शुक्रबार सिनेमा हेर्ने गर्नुहुन्थ्यो । विदेशी सिनेमाहरू उपत्यकाका सिनेमा हलबाट रिल राजपरिवारलाई देखाइन्थ्यो । सिनेमामा ११६ वटा सिट छन् । पाँचवटा सोफा राखिएका छन् । ती सोफालाई कपडाले छोपेर राखिएको छ ।

प्रायः राति सिनेमा हेर्ने चलन हुन्थ्यो भनेर तत्कालीन दरबारका कर्मचारीहरू सुनाउँछन् । तत्कालीन मुमा बडामहारानी रत्न र रानी ऐश्वर्यले सिनेमा हेर्न बढी रूचाउने गरेको उनीहरू अझै स्मरण गर्छन् ।आजको गोर्खापत्रमा यो समाचार प्रकाशित छ

Read more

भदौ १० : त्रिशूलीको भेलसँगै बगेको एउटा दिन

२४ घण्टाको छटपटी, जन्मभूमि फर्किने हुटहुटी र विपत्तिमा जागेको मानवता — अनुज कुमार श्रेष्ठ, सामाजिक अभियन्ता / लायन्स अभियानमा आबद्ध भदौ १० को बिहान म पोखरामा थिएँ। कार्यक्रमको…

‘उत्कृष्ट गन्तव्य कालिन्चोक’ पुस्तक लोकार्पण

काठमाडौं । ‘उत्कृष्ट गन्तव्य कालिन्चोक’ नामक पुस्तक बुधबार राजधानीमा लोकार्पण गरिएको छ। कामना न्यूज पब्लिकेसन्सका प्रबन्ध निर्देशक दिरेकलाल श्रेष्ठ र नेपाल समाचारपत्रका सम्पादक सागर पण्डितले संयुक्त रूपमा पुस्तक…

बिपीको समाजवाद

युवराज खनाल, शुक्ला-१, तनहुँ । सानैदेखि परिर्वतन चाहने व्यक्ति थिए । उनले त्यतिबेला अघि सारेका समाजवादको मुल सिद्धान्त खासमा मनगढन्ते सिद्धान्त थिएनन् भन्नेहरु पनि छन् । ती सिद्धान्तहरु…

फ्रि मिडिया नेटवर्क कार्यक्रममा नवनिर्वाचित महासंघका पदाधिकारीलाई सम्मान

पोखरा । फ्रि मिडिया नेटवर्कले शुक्रवार पोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा महासंघका नवनिर्वाचित  केन्द्रीय अध्यक्ष   र वरिष्ठ उपाध्यक्ष लाई सम्मान गरिएको छ । फ्रि मिडिया  नेटवर्कलाई थप…

जापानिज शिक्षण सिकाईबाट प्रभावित ‘म’

शिक्षकले शिक्षणको माध्यमबाट सिक्ने ,  सिकाउने , बन्ने र बनाउने निरन्तर कर्म गर्दै विद्यार्थीलाई कक्षाकोठाको सानो झ्यालबाट सारा संसार देखाइरहेका हुन्छन् । एक असल विद्यार्थी , असल समाज…