२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
फिचर समाचार

बिस्काः जात्राको रथ बनाउने कार्य शुरु

भादगाउँ। धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको भक्तपुरको प्रसिद्ध बिस्काः (बिस्केट) जात्राका लागि भैल खः (भैरवनाथको रथ) बनाउने कार्य शुरु भएको छ । यही चैत २८ गते साँझबाट शुरु गरिने यस वर्षको बिस्काः जात्राका लागि टौमढीस्थित प्रसिद्ध ङातापोल्हँ (पाँचतल्ले) मन्दिर प्राङ्गणमा भैल खः बनाउन शुरु गरिएको हो । भैल खः करिब ३० फिट अग्लो तीन तले प्यागोडाशैलीको हुने गर्छ ।

गत वर्ष कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण जात्रालाई औपचारिक पूजामा सीमित गरिएको थियो । भैल खः निर्माण हुँदै गर्दा कोरोना महामारी र यसको नियन्त्रणका लागि बन्दाबन्दी (लकडाउन) गरिएपछि भैल खः निर्माण बीचमै रोकिएको थियो । यो वर्ष जात्रालाई थप व्यवस्थित, भव्य र सभ्य बनाउन समयमै भैल खः निर्माण थालिएको गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख आन्नदप्रसाद कर्माचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गएको वर्ष कोरोनाको महामारीले जात्रालाई औपचारिक पूजाआजामा सिमित गरेका थियाँै, यो वर्ष जात्रालाई विधिवत्रूपमा सञ्चालन गर्न समयमै सबै कार्य सम्पन्न गर्न अहिले नै रथ निर्माण कार्य अगाडि बढाइएको हो ।”

अहिले भक्तपुरको टौमढीमा दैनिक आधा दर्जनभन्दा बढी सिकर्मी भैल खः निर्माण गर्ने कार्य सम्पादनमा व्यस्त छन् । रथको अगाडि बेताल देवता विराजमान गराउने बेतसिं बनाउने कार्य सम्पन्न भइसकेको छ । भैल खः बनाउने नाइके पे्रमलाल शिल्पकारले यसवर्ष भैल खःको पाङ्ग्रा, गल, पोल्ह (छाना) तथा बाहिर देखिने अधिकांश सामान नयाँ हुने बताउनुभयो । भैल खःको बाहिरी ढाँचा चैत १२ गतेसम्म तयार गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । भैल खः बनाउँदा फलामको किला प्रयोग नहुने र परम्परागत शैलीमा काठको चुकुल मात्र प्रयोग गरिन्छ ।

भैल खः निर्माण र बिस्काः जात्राका लागि आवश्यक सम्पूर्ण सामग्री यसै साता आइपुग्ने गुठी संस्थान प्रमुख कर्माचार्यले जानकारी दिनुभयो । “जात्राका लागि सबै आवश्यक काठका साथै लिङ्गो ठड्याउने काठसमेत यही सातामै ल्याउने तयारी पूरा भइसकेको छ”, उहाँले भन्नुभयो । यो वर्ष गत वर्षको काठका साथसाथै नयाँ काठको पनि प्रयोग हुने उहाँले बताउनुभयो । “यो वर्ष करिब ४० प्रतिशत नयाँ काठ प्रयोग हुनेछ”, उहाँले भन्नुभयो ।

भक्तपुरमा बिस्काः जात्रा नौ दिन आठ रातसम्म धुमधामका साथ मनाइन्छ । विक्रम संवत्को नयाँ वर्ष शुरु हुनु चार दिनअघि साँझ भैल खः तानेर बिस्काः जात्रा शुरु गरिन्छ । यो वर्ष चैत २८ गते भक्तपुरमा बिस्काः जात्रा शुरु हुनेछ । चैत महिना ३० को छ भने २७ गते र ३१ को छ भने २८ गते रथ तान्ने प्रचलन छ । बिस्काः जात्रा नयाँ वर्षको वैशाख ५ गते सम्पन्न हुन्छ ।

Read more

भदौ १० : त्रिशूलीको भेलसँगै बगेको एउटा दिन

२४ घण्टाको छटपटी, जन्मभूमि फर्किने हुटहुटी र विपत्तिमा जागेको मानवता — अनुज कुमार श्रेष्ठ, सामाजिक अभियन्ता / लायन्स अभियानमा आबद्ध भदौ १० को बिहान म पोखरामा थिएँ। कार्यक्रमको…

बिपीको समाजवाद

युवराज खनाल, शुक्ला-१, तनहुँ । सानैदेखि परिर्वतन चाहने व्यक्ति थिए । उनले त्यतिबेला अघि सारेका समाजवादको मुल सिद्धान्त खासमा मनगढन्ते सिद्धान्त थिएनन् भन्नेहरु पनि छन् । ती सिद्धान्तहरु…

जापानिज शिक्षण सिकाईबाट प्रभावित ‘म’

शिक्षकले शिक्षणको माध्यमबाट सिक्ने ,  सिकाउने , बन्ने र बनाउने निरन्तर कर्म गर्दै विद्यार्थीलाई कक्षाकोठाको सानो झ्यालबाट सारा संसार देखाइरहेका हुन्छन् । एक असल विद्यार्थी , असल समाज…

राष्ट्रिय बालदिवस र आजका हाम्रा बालबालिका

युवराज खनाल/ वि.सं. २०२१ सालको भाद्र ४ गतेदेखि मनाउन शुरु गरिएको राष्ट्रिय बालदिवसू २०६३ सालमा आएर भाद्र २९ गते मनाउन सुरु गरियो । इतिहासलाई फर्केर हेर्दा नेपालमा बालदिवसमा…

संविधान दिवस सरकार र राजनीतिक दलहरु

युवराज खनाल/  दुईतिहाइको सरकार गठन भएको यत्तिका बर्ष बितिसक्दा पनि आमनागरिकहरूले सरकार परिवर्तन र कुनै बिकासको नयाँ अनुभव गर्न सकिरहेका छैनन् । संविधानमा भएका प्रावधानहरू पारित हुने क्रम…