२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
कोरोना-विशेषविदेशस्वास्थ्य

धमाधम अक्सिजन सिलिण्डर ल्याउदैँ  नेपाल एयरलाइन्स

काठमाडौँ, ३ जेठ \ अक्सिजन अभावले मुलुकका विभिन्न अस्पतालमा कोभिड–१९ का बिरामीको उपचारमा कठिनाइ भइरहेका बेला राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का जहाजले विभिन्न मुलुकबाट धमाधम अक्सिजन सिलिण्डर नेपाल ल्याइरहेका छन् । निगमको वाइड बडी ए ३३० जहाजले चीन र ओमानबाट अक्सिजन सिलिण्डरलगायत अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । निगमको जहाजले बेइजिङ्बाट आइतबार र सोमबार ९७५ थान अक्सिजन सिलिण्डर काठमाडौँ ल्याएको छ ।

निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलका अनुसार दुई दिनमा क्रमशः ४०० र ५७५ अक्सिजन सिलिण्डर र १५७ अक्सिजन कन्सर्नटे«टर ल्याइएको छ । चीनबाट थप दुई उडानमार्फत अक्सिजन सिलिण्डर ल्याउने तथा अन्य स्वास्थ्य सामग्री पनि ल्याउने योजना रहेको छ । निगमले यसअघि वैशाख २८ गते चीनबाटै ४०० थान अक्सिजन सिलिण्डर, १० थान भेण्टिलेटरसहितका स्वास्थ्य सामग्री काठमाडौँ ल्याएको थियो । यीसबै सामग्री चीन सरकारले अनुदान स्वरुप नेपाललाई दिएको हो ।

चीन सरकारको दुई हजार अक्सिजन सिलिण्डर अतिरिक्त चीनस्थित नेपाली एनआरएन आइसिसिले सहयोगमा १०० थान, चीनमा रहेका एक नेपाली तथा अन्य चिनियाँ नागरिकको सहयोगमा ७६ थान, होङसी ग्रुपले २७ थान र करुणा फाउण्डेशनको सहयोगमा ११० थान गरी कुल अतिरिक्त ३१३ वटा अक्सिजन सिलिण्डर नेपाल ल्याउने निगमले जनाएको छ । गत शनिबार पनि निगमले गैर आवासीय नेपाली सङघको सहयोग र नेपाली दूतावास ओमनको सहकार्यमा ओमनबाट सहयोग स्वरुप प्राप्त भएको ५६० थान अक्सिजन सिलिण्डर काठमाडौँ ल्याएको थियो ।

Read more

पोखराबाट सुरु भएको युआरएल अब ‘ग्रुप’मा रूपान्तरण

२१ शाखासहित सेवा विस्तार, नयाँ नेतृत्व चयन पोखरा । पोखरा न्युरोडमा १३ वर्षअघि स्थापना भएको युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) अब ‘युआरएल ग्रुप’मा रूपान्तरण भएको छ। शुक्रबार सम्पन्न विशेष…

हङकङमा हुने १०८औँ लायन्स अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तीव्र

पोखरा भ्यूज । विश्वभरका लायन्स तथा लियो सदस्यहरूको सहभागितामा आयोजना हुने १०८औँ लायन्स अन्तर्राष्ट्रिय सम्मेलन सन् २०२६ जुलाई ३ देखि ७ तारिखसम्म चीनको हंगकंगमा आयोजना हुने भएको छ।…

“लायन्स अन्तर्राष्ट्रिय पिस एसे”को ग्राण्ड प्राइज ब्राजिली दृष्टिविहीन किशोरी एड्रियेन मिरेली दा सिल्भालाई

पोखरा भ्यूज। “शान्ति आँखाबाट होइन, पूर्वाग्रहविहीन मनबाट सुरु हुन्छ।” यही गहिरो मानवीय सन्देशमार्फत १३ वर्षीया ब्राजिली छात्रा एड्रियेन मिरेली दा सिल्भाले २०२५–२०२६ को “लायन्स अन्तर्राष्ट्रिय पिस एसे” प्रतियोगिताको…

इरान–अमेरिका–इजरायल द्वन्द्व चर्किँदै, खामेनीको मृत्युबारे परस्पर विरोधी दाबी

काठमाडौँ। मध्यपूर्वमा असाधारण र विस्फोटक परिस्थिति उत्पन्न गर्दै संयुक्त राज्य अमेरिका र इजरायल ले शनिबार इरान विरुद्ध संयुक्त सैन्य आक्रमण सुरु गरेपछि क्षेत्रीय तनाव चरम बिन्दुमा पुगेको छ।…

“ऐन–नियमअनुसार जिम्मेवारी पूरा गर्दै अस्पतालको श्रीवृद्धिमा नेतृत्व दिनुहोस्”-स्वास्थ्य मन्त्री पाठक

गण्डकीका १६ प्रदेश अस्पतालका नवगठित व्यवस्थापन समितिसँग अन्तरक्रिया पोखरा, फागुन ११ — गण्डकी प्रदेश सरकार , स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश को आयोजनामा मन्त्रालय मातहतका २ आयुर्वेद अस्पतालसहित कुल…

महिला मेनोपोज तथा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

काठमाडौँ । लायन्स क्लब अफ काठमाडौँ फिनिक्सद्वारा आयोजित “महिला मेनोपोज तथा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम (भाग–३)” गत पौष २७ गते आइतबार ललितपुरको नख्खुपोटस्थित महालक्ष्मी माध्यमिक विद्यालयमा सम्पन्न भएको…