२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
कोरोना-विशेषस्थानिय समाचारस्वास्थ्य

अग्रपंक्तिमा खटिने संक्रमितलाई आयुर्वेद औषधि निशुल्क वितरण

पोखरा । कोरोना महामारीविरुद्ध लड्न नेपाल आयुर्वेद औषधि व्यवसायी गण्डकी प्रदेश संघद्वारा गठित स्वयंसेवक उपसमितिले स्वास्थ्य मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको कोभिड १९ को प्रोटोकलअनुसारको औषधि वितरण गरेको छ ।
उपसमिति संयोजक कृष्ण राउतले अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र अति विपन्न नागरिकका लागि उक्त आयुर्वेद औषधि निशुल्क वितरण गरिने जानकारी दिए ।
अभियानमार्फत आइतबार नेपाल पत्रकार महासंघ कास्कीमा आबद्ध संक्रमित १२ जना पत्रकारका लागि उक्त औषधि सचिव माधव बराललाई हस्तान्तरण गरियो । रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने गुण भएका गुड्ची चूर्ण, यष्टीमधु चूर्ण, त्रिकटु चूर्णको मिश्रणबाट तयार गरिएको आयुर्वेद औषधि हस्तान्तरण गरिएको हो ।
आयुर्वेद संघको सहयोगप्रति महासंघ कास्कीका सचिव बरालले धन्यवाद प्रकट गरे । पत्रकारहरुको स्वास्थ्य अवस्थालाई ध्यान दिँदै संघले गरेको सहयोगमा उनले प्रशंसा व्यक्त गरेका थिए ।
अभियान अन्तर्गत ११ वटै जिल्लाका संक्रमित भएका पत्रकारहरुलाई उक्त आयुर्वेद औषधि उपलब्ध गराइने जानकारी पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीलाई भेटमार्फत गराइएको संयोजक राउतले बताए ।
अभियानलाई विस्तार र व्यापक बनाउन उपसमितिले गण्डकीका ११ वटै जिल्लामा आयुर्वेद औषधि वितरण गर्ने लक्ष्य लिएको छ । जसका लागि प्रदेश सरकार, जिल्ला प्रशासन, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, स्थानीय तहमार्फत समन्वय भइरहेको संघका अध्यक्ष राजुकुमार पौडेलले जानकारी दिए ।
प्रदेशका अति विपन्न नागरिकहरुलाई औषधि वितरणका लागि सम्बन्धित स्थानीय तहको वडाबाट सिफारिस/जानकारी अनुसार स्वयंसेवक टोलीले औषधि संक्रमितकै हातहातमा पु¥याइने अध्यक्ष पौडेलले बताए ।
साथै, संक्रमितहरुको स्वास्थ्य अवस्था र मनोबल मजबुद बनाउनका लागि स्वास्थ्य परामर्श सेवासमेत सञ्चालन गर्ने भएको छ । प्रदेश संघका सचिवसमेत रहेका डा दीपक भुसालको संयोजकत्वमा गठित आयुर्वेद चिकित्सकीय परामर्श सेवा उपसमितिले उक्त सेवा सञ्चालन गर्न लागेको हो ।

Read more

अन्नपूर्ण गाउँपालिकाको ऐतिहासिक घोषणा: स्वास्थ्य बीमाको प्रिमियम शतप्रतिशत व्यहोर्ने, सबै नागरिकलाई बीमाको दायरामा ल्याइने

पोखरा, असार ७ — कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै नागरिकको स्वास्थ्य बीमाको प्रिमियम रकम शतप्रतिशत व्यहोर्ने महत्वाकांक्षी घोषणा गरेको…

सुशासनमा उदाहरण बन्दै अन्नपूर्ण गाउँपालिका, बेरुजु दर केवल ०.०१३० प्रतिशत

अन्नपुर्ण, कास्की। कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका सुशासन, पारदर्शिता र वित्तीय अनुशासनको क्षेत्रमा देशमै उदाहरणीय स्थानीय तहका रूपमा स्थापित भएको छ। महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३ औँ वार्षिक प्रतिवेदन–२०८३…

पोखराबाट सुरु भएको युआरएल अब ‘ग्रुप’मा रूपान्तरण

२१ शाखासहित सेवा विस्तार, नयाँ नेतृत्व चयन पोखरा । पोखरा न्युरोडमा १३ वर्षअघि स्थापना भएको युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) अब ‘युआरएल ग्रुप’मा रूपान्तरण भएको छ। शुक्रबार सम्पन्न विशेष…

“ऐन–नियमअनुसार जिम्मेवारी पूरा गर्दै अस्पतालको श्रीवृद्धिमा नेतृत्व दिनुहोस्”-स्वास्थ्य मन्त्री पाठक

गण्डकीका १६ प्रदेश अस्पतालका नवगठित व्यवस्थापन समितिसँग अन्तरक्रिया पोखरा, फागुन ११ — गण्डकी प्रदेश सरकार , स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश को आयोजनामा मन्त्रालय मातहतका २ आयुर्वेद अस्पतालसहित कुल…

महिला मेनोपोज तथा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

काठमाडौँ । लायन्स क्लब अफ काठमाडौँ फिनिक्सद्वारा आयोजित “महिला मेनोपोज तथा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम (भाग–३)” गत पौष २७ गते आइतबार ललितपुरको नख्खुपोटस्थित महालक्ष्मी माध्यमिक विद्यालयमा सम्पन्न भएको…

पोखरामा दुई स्थानमा निःशुल्क रक्त परीक्षण शिविर, ५ सय ५५ जनाको स्वास्थ्य जाँच

पोखरा, ५ पुस। गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) को प्राविधिक सहयोगमा शनिबार पोखराका दुई स्थानमा निःशुल्क रक्त परीक्षण शिविर सम्पन्न…