२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
मुख्य खबरव्यक्ति विशेषस्थानिय समाचार

स्व.पूर्णको स्मृतिमा ३ लाख रुपैयाको अक्षयकोष स्थापना

दुलेगौंडा, २३ जेठ । तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्जका अध्यक्ष पूर्ण कुमार श्रेष्ठको स्मृतिमा अक्षयकोष घोषणा गरिएको छ । रेडियोको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका उनको गएको जेठ १२ गते हृदयघातका कारण ४८ वर्षको उमेरमा निधन भएको थियो ।
स्व. श्रेष्ठको स्वर्गारोहण भएको १३ दिनको पुण्यतिथिमा आइतवार ३ लाख रुपैयाको अक्षय कोषको स्थापना गरिएको हो । समितिका निवर्तमान अध्यक्ष नारायण श्रेष्ठले कोषको घोषणा गर्दै विभिन्न ३ विधामा क्रियाशिल व्यक्तिहरुलाई वार्षिक रुपमा नगदसहित सम्मान गरिने जानकारी दिए । रेडियोका शेयरधनी सदस्यहरुबाट स्वतस्फूर्त र केहि रकम उहाँको परिवारबाट समेत जम्मा हुने गरि सो बराबरको अक्षयकोष स्थापना गरिएको उनले बताए ।
सो रकमबाट प्राप्त ब्याजले आगामी २०७९ साल असोज ४ गते रेडियो स्थापना भएको दिनको अवसर पारेर नगदसहित सम्मान गरिने छ । यसअघि रेडियोको शुक्रवार बरिष्ठ उपाध्यक्ष ज्योती श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले कोष स्थापना गर्ने निर्णय गरेको थियो ।
पत्रकारिता, साहित्य र समाजसेवाका क्षेत्रमा क्रियाशिल व्यक्तिलाई सम्मान गरिने उनले जानकारी दिए । तनहुँ जिल्ला भित्र क्रियाशिल रहेका मध्य एक जना उत्कृष्ट पत्रकारिता क्षेत्रमा लागेका व्यक्ति, तनहुँ जिल्लामा साहित्यिक क्षेत्रमा सक्रिय रहेका व्यक्ति र शुक्लागण्डकी नगर क्षेत्रमा सामाजिक क्षेत्रमा सक्रिय व्यक्ति गरि तीन विधामा सम्मान गरिने छ ।
स्व. श्रेष्ठ सञ्चार व्यवसायसँगै, समाजसेवा र साहित्य क्षेत्रमा समेत सक्रिय रहेकाले ३ विधा छनौट गरिएको हो उनले उल्लेख गरे । स्व. श्रेष्ठको स्मृतिमा खडा गरिएको अक्ष कोषलाई व्यवस्थित बनाउन आवश्यक विनियम निर्माणका लागि रेडियोका निवर्तमान अध्यक्ष श्री नारायण श्रेष्ठको संयोजकत्वमा आनन्द सुन्दर श्रेष्ठ (सल्लाहकार) र राजन उपाध्याय (स्टेसन मेनेजर) सदस्य रहेको समिति गठन गरिएको रेडियोले जनाएको छ । स्व. श्रेष्ठ रेडियोका संस्थापक उपाध्यक्ष हुन ।

Read more

ज्योतिष, शिक्षा र सामाजिक सेवामा विशिष्ट योगदान पुर्‍याउँदै आएका डा.हरिश्चन्द्र भण्डारीलाई ‘वर्ष ज्योतिषी सम्मान–२०८३’

अध्यापन, अनुसन्धान, ज्योतिषीय परामर्श र वैदिक धर्म–संस्कृतिको प्रवर्द्धनमा सक्रिय डा. भण्डारीलाई ज्योतिष परिषद् नेपालको पहिलो ‘वर्ष ज्योतिषी’ सम्मान चितवन। ज्योतिषशास्त्रको अध्ययन, अध्यापन, प्रशिक्षण तथा व्यावहारिक ज्योतिषीय परामर्शका क्षेत्रमा…

भदौ १० : त्रिशूलीको भेलसँगै बगेको एउटा दिन

२४ घण्टाको छटपटी, जन्मभूमि फर्किने हुटहुटी र विपत्तिमा जागेको मानवता — अनुज कुमार श्रेष्ठ, सामाजिक अभियन्ता / लायन्स अभियानमा आबद्ध भदौ १० को बिहान म पोखरामा थिएँ। कार्यक्रमको…

अन्नपूर्ण गाउँपालिकाको ऐतिहासिक घोषणा: स्वास्थ्य बीमाको प्रिमियम शतप्रतिशत व्यहोर्ने, सबै नागरिकलाई बीमाको दायरामा ल्याइने

पोखरा, असार ७ — कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै नागरिकको स्वास्थ्य बीमाको प्रिमियम रकम शतप्रतिशत व्यहोर्ने महत्वाकांक्षी घोषणा गरेको…

सुशासनमा उदाहरण बन्दै अन्नपूर्ण गाउँपालिका, बेरुजु दर केवल ०.०१३० प्रतिशत

अन्नपुर्ण, कास्की। कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका सुशासन, पारदर्शिता र वित्तीय अनुशासनको क्षेत्रमा देशमै उदाहरणीय स्थानीय तहका रूपमा स्थापित भएको छ। महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३ औँ वार्षिक प्रतिवेदन–२०८३…

मुलुकी देवानी संहिता २०७४ को दफा २१४(२) खारेज: अर्को विवाह गर्ने विधवा महिलाले पूर्वपतिबाट प्राप्त सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौं । मुलुकी देवानी संहिता २०७४ को दफा २१४)२) खारेज गरिदिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार उक्त दफा खारेज गरिदिएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासबाट…

निजामती कर्मचारीको ट्रेड युनियन खारेज

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेल ले आइतबार ‘केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेसँगै निजामती कर्मचारीहरूको ट्रेड युनियन औपचारिक रूपमा खारेज गरिएको छ। संघीय मामिला तथा…