२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबरपर्यटनमुख्य खबर

विमानस्थल अनुगमनमा मुख्यमन्त्री सहित मन्त्रीहरु

पोखरा भ्यूज, १३ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित प्रदेशका मन्त्रीहरुले बुधबार पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अवलोकन गरेका छन् ।
निर्माणको अवस्था, विमानस्थल सञ्चालन गर्न लाग्ने समय, स्थानीय सरोकारवालाले उठाएका समस्या आदिका बारेमा बुझ्न मुख्यमन्त्री सहितको टोली विमानस्थल पुगेको हो । उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले प्रदेश र मुलुककै गौरवको आयोजना समयमै निर्धारित समयमै सम्पन्न गरी छिटोभन्दा छिटो सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए । प्रदेशको समृद्धिसँग जोडिएको यो विमानस्थललाई अधिकभन्दा अधिक प्रयोग गरी स्वदेशी र विदेशी पर्यटक पोखरा भित्राउनुपर्ने उनको भनाइ थियो ।
पोखरामा विदेशीबाट सिधै उडान सञ्चालनका लागि गर्नुपर्ने तयारी अहिलेबाटै थाल्नुपर्ने भन्दै उनले सुरक्षा, भन्सार, अध्यागमन कार्यालय सञ्चालनका लागि पनि पहल गर्नुपर्ने बताए । अहिले विमानस्थल नजिकै ल्यान्डफिल साइट रहेको त्यसले उडानमा समस्या पार्ने भएकाले तत्काल विकल्प खोज्न उनले सम्बन्धित पक्षसँग आग्रह गरे ।
विमानस्थल निर्माण भइरहँदा पानीको निकास मुख्य समस्या देखिएको भन्दै मुख्यमन्त्री पोखरेलले यसका लागि प्रदेश सरकारले संघ सरकारसँग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए । पोखराको धेरैजसो भागको पानीको निकास यही विमानस्थल आसपास भएको त्यसको व्यवस्थापन नहुँदा विमानस्थल नै खतरामा पर्न थालेको छ । मुख्यमन्त्री पोखरेलले भने, ‘स्थानीय नागरिकले उठाएका सबाल तत्काल सम्बोधन गर्नुपर्ने छ, पानी र ढल व्यवस्थापनका लागि ३४ करोड रुपैयाँ लाग्ने लागत अनुमान गरिएको छ, प्रदेशको स्रोतले मात्र भ्याँदैन, हामी केन्द्रसँग समन्वय गर्छौं ।’
अनुगमनमा मन्त्रीहरु कुमार खड्का, रामजीप्रसाद बराल जीवन, मणिभद्र शर्मा कँडेल, बिन्दुकुमार थापा, प्रमुख सचिव डा. दामोदर रेग्मी, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार सहभागी थिए ।
विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले एअरपोर्टको ८४ प्रतिशत भौतिक काम सम्पन्न भएको जानकारी गराए । हाल चिनिया १ सय ८५ र नेपाली २ सय ३० जना कामदार काममा खटिइरहेको र १ सय १० वटा हेभी मेसिनरी प्रयोग भइरहेको उनले बताए । २२ अर्बको परियोजनामा हालसम्म ६९ प्रतिशत आर्थिक प्रगति भएको पनि उनले सुनाए ।
उडानको मुखमा पर्ने रिठ्ठेपानी डाँडा खार्नका लागि स्थानीयस्तरबाट निजी जग्गा कटान सुरु भए पनि ठोसरुपमा अगाडि बढ्न नसकेको उनले बताए । उनले भने, ‘सरकारी वनतर्फको कटान सुरु गर्न पुन एआइए गर्नुपर्ने छ ।’ विमानस्थलभित्र आयल डिपो निर्माणको काममा पनि ढिलासुस्ती भएको जानकारी उनले गराए । विमानस्थल नजिकै रहेको खुल्ला ल्यान्डफिल साइटका कारण चराचुरुंगीको क्रियाकलाप देखिएकाले यसको व्यवस्थापन तत्काल गर्न आयोजना प्रमुख मुनकर्मीले आग्रह गरे ।
उक्त अवसरमा पोखरा विमानस्थल प्रमुख विक्रम गौतमले २०२२ को जनबरी १ मा आन्तरिक उडान सुरु गर्ने गरी काम भइरहेको बताए । उनले त्यसको १ वर्षभित्रमा अन्तराष्ट्रिय उडान गर्न सकिने भनाइ राखे । उनले विमानस्थलबाट हुने उडान र त्यसका लागि आवश्यक पूर्वाधारका बारेमा समेत जानकारी गराए ।
उक्त अवसरमा कल्सल्ट्यान्स इन्जिनियर भुपेन्द्र शेरचनले पुराना खोल्साखोल्सी अतिक्रमण हुँदै गएको र पानीको व्यवस्थापन नहुँदा त्यसको चाप विमानस्थलमा परेको भनाइ राखे । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले अरु सबै कुरा छाडेर पानी व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘विमानस्थलको छेउखण्ड भत्किइरहेको छ, अर्को वर्ष गरौंला भनेर कुर्ने अवस्था छैन, बजेट व्यवस्थापन गरेर तत्काल काम थाल्नुपर्छ ।’

 

 

 

 

 

 

 

 

 

 

 

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…