
9Shares
पोखरा भ्यूज
पोखरा, १८ असोज । पोखरा सेदीवरस्थितस्थित पूर्वयुवराज पारस शाहको निवासमा चोरी भएको छ । प्रहरीले दिएका जानकारी अनुसार पूर्वयुवराज पारस शाहै कामदार शुभ गौतम चोरी कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गौतम खाना बनाउने काममा संलग्न थिए । उनको निवासबाट क्यामरा, आइप्याड, दुरबिन र फोन लगायतका सामाग्रीहरु चोरी भएको बताइएको छ । गौतम उल्लेखित सामाग्री चोरी गरी फरार भएको र उजुरीका आधारमा गौतमलाई काठमाडौं मित्रनगरबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । पूर्वयुवराज पारसको फ्ल्याटबाट हराएका सामाग्रीसहित गौतम पक्राउ परेपछि उनीमाथि चोरी मुद्दा लगाउने तयारीका साथ प्रहरीले थप अनुसन्धान गरेको छ ।
9Shares






© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
















