0Shares

पोखरा भ्यूज सम्वाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा ११ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ ।

स्थायी कमिटीको बिहीबार बसेको बैठकले अध्यक्ष नेपालको नेतृत्वमा वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, उपाध्यक्षहरु राजेन्द्र पाण्डे, प्रमेश हमाल र जयन्ती राई, महासचिव वेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला, गंगालाल तुलाधर, विजय पोडेल र जगन्नाथ खतिवडा सदस्य रहेको केन्द्रीय सचिवालय गठन गरेको हो। स्थायी कमिटी बैठक बस्न नसकेको बेला केन्द्रीय सचिवालयले आवश्यक निर्णय गर्न सक्ने गरी सचिवालय गठन गरिएको हो । त्यस्तै महासचिव भुसालको नेतृत्वमा उपमहासचिवहरु ज्वाला, तुलाधर, पौडेल र खतिवडा रहेको केन्द्रीय कार्यालय पनि बनाउने निर्णय पनि सार्वजनिक भएको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected