17Shares

पोखरा भ्यूज सम्वाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा बीच शितल निवासमा भेटवार्ता भएको छ । लामो समयदेखि मन्त्रिपरिषद् विस्तार हुन नसकेको सन्दर्भमा मन्त्रिपरिषद् विस्तारबारे छलफलका गर्न प्रधानमन्त्री देउवा राष्ट्रपतिसँग भेटवार्ता गर्न शितल निवास पुगेका हुन् । प्रधानमन्त्ती र राष्ट्रपतिबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको स्रोतले बताएको छ । राष्ट्रपतिको कार्यालय स्रोतले दिएको जानकारी अनुसार अनुसार राष्ट्रपति र प्रधानमन्त्रीबीच वान टु वान वार्ता भएको थियो । बालुवाटार स्रोतका अनुसार अब तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भएको छ । सत्तागठबन्धनका दलहरुबीच मन्त्रालयको भागवण्डामा कुरा मिलेपछि दलहरुले आआफ्ना भागमा परेका मन्त्रालयका मन्त्रीहरुको नाम समेत टुंगो लगाएका छन् । यद्यपि प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुने मन्त्रीहरुको सूची राष्ट्रपति समक्ष बुझाए नबुझाएको बारे केही पनि खुलाइएको छैन । स्रोतका अनुसार सरकारमा सहभागी हुने मन्त्रीहरुको आज नै सपथ हुनेछ । यद्यपि समय भने यकिन भएको छैन ।

17Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected