16Shares

पोखरा भ्यूज सम्वाददाता

काठमाडौँ — अन्नतः लामो समयपछि शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गर्न सफल भएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम नियुक्ति हेरफेर र कार्यविभाजन गरी विस्तार गरेकी हुन्। नव नियुक्त मन्त्रीहरुको आजै साँझ ५ बजेभित्र हुने गरी तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । उता प्रधानमन्त्री देउवाको मन्त्रिपरिषद् विस्तारमा गैरसांसद् समेत मन्त्रीको सूचीमा परेका छन् । प्रधान न्यायाशीश चोलेन्द्र शमशेर जबराको सफारिसमा मन्त्री बन्न लागेको भन्दै चर्चामा आएका नेपालगञ्जका पूर्वसभापति समेत रहेका हमालगजेन्द्र हमालले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको जिम्मेवारी पाएका छन् । नवनियुक्त हमाल प्रधानन्यायाधीश जबराका जेठान हुन् । उनको विषयलाई लिएर बार र बेञ्चबीच द्वन्द्व बढ्ने संकेत देखिएको थियो । दुवै पक्षले भिन्दाभिन्दै विज्ञप्ति निकालेर खण्डन र विरोध गरेका थिए ।

मन्त्रिपरिषद्को नियुक्ति, हेरफेर र

नियुक्ति यसप्रकार छ । http://www.pokharaviews.com/archives/10039http://मन्त्रिरिषद्को पूर्ण विवरण हेर्न यहाँ क्लिक गर्नुस् 

16Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected