0Shares

पोखरा भ्यूज
सल्यान — थौरे मासु दिएको विषयमा विवाद हुँदा सल्यानमा बाबुले छोराको हत्या गरेका छन् । सल्यान जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका १० माझकाँडाका वर्ष ५५ का नीमबहादुर कवरले धाँरिलो हतियार खुर्पा प्रयोग गरी वर्ष ३३ का छोरा रुपलाल कवरको हत्या गरेका हुन् । उनीहरुबीच मंगलबार दिउँसो मासुको विषयमा विवाद भएको थियो । पछि राति करिब १० बजे नीमबहादुरले घरमै छोराको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ । रुपलालको घटनास्थलमै मृत्यु भएको हो । मंगलबार दिउँसो गाउँमा राँगा काटेका बेला बाबु नीमबहादुरले आफूलाई कम मासु दिएको भन्दै रुपलालले झगडा गरेको स्थानीयले बताएका छन् । राती रुपलाल मदिरा सेवन गरी बाबुको घरमा जाँदा धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले नीमबहादुरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरी रहेको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected