
पोखरा भ्यूज
खोटाङ । ससुरालीमा दशैंको टीका लगाएर फर्किदै गर्दा भीरबाट लडेरखोटाङमा एक व्यक्तिको मृत्यु भएको छ । संखुवासभाको चैनपुर नगरपालिका–८ चैनपुरका ४९ वर्षीय लेखबहादुर राउत ससुरालीमा टीका लगाएर घर फर्कर्दै गर्दा भिरबाट लडेर मृत्यु भएको हो ।
उनी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित ससुराली घरमा टीका लगाएर फर्कदैं थिए । शुक्रबार बाम्राङको नंग्रेखोला भिरबाट लडेर राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले बताएको छ ।











