0Shares

पोखरा भ्यूज

काठमाडौं । नेकपा एकीकृत समाजवादीले ३३५ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता पाएको छ । पार्टि अध्यक्ष माधवकुमार नेपालले हालै जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा स्थायी कमिटी र पोलिटब्यूरोका साथै केन्द्रीय कमिटीलाई विस्तार गरी कार्य विभाजन समेत तोकिएको उल्लेख छ ।

नेता झलनाथ खनाललाई वरिष्ठ नेता बनाएर विदेश विभागको जिम्मेवारी पनि दिइएको छ ।

त्यस्तै नेता मुकुन्द न्यौपानेलाई वाणिज्य विभाग र उद्योग व्यवसाय फाँटको इन्चार्ज बनाइएको छ भने प्रदीप नेपाललाई प्रतिष्ठानहरुको इन्चार्जको जिम्मोवरी दिइएको छ ।

४२ सदस्यीय स्थायी कमिटी रहेको एकीकृत समाजवादीमा ९४ सदस्यीय पोलिटब्यूरोको व्यवस्था गरिएको छ ।

अन्तर पार्टी निर्देशिका र नेताहरुको जिम्मेवारी तलको यो लिंकमा क्लिक गर्नुस्:Unified Socialist Apani-2-1

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected