18Shares

टंकराज अधिकारी

पूर्व बिधार्थी मञ्च, माछापुच्छ्रे मा बि/ क्याम्पसको पुनर्मिलन एबं शुभकामना आदान–प्रदान कार्यक्रमले १६औं वर्षमा पनि निरन्तरता पाएको छ । प्रत्येक बर्ष बड़ादशैको दोश्रो दिन द्वादशीका दिन माछापुच्छ्रे मा बि/क्याम्पस परिसरमा पूर्व बिधार्थीहरूलाई भेला गराई पुनर्मिलन तथा शुभकामना आदान–प्रदान गरिने कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिदै आएको मञ्चका अध्यक्ष गायत्री पराजुलीले बताईन । असोज ३१ गते सोमवार माछापुच्छ्रे माबि बिधालय परिसरमा आयोजित कार्यक्रममा समस्त नेपालीहरूका महान चाडपर्व बडादशै, तिहार, छठ तथा नेपालसम्वत् ११४२ को उपलक्ष्यमा शुभकामना आदानप्रदान गरिएको हो ।
कार्यक्रममा माछापुच्छ्रे मा बि बाट २०७६/७७ सालको एसईई परिक्षामा सर्वौकृष्ट अंक ल्याउने छात्रछात्रा १/१ जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा क्रमशः छात्रतर्फ नवराज भण्डारी र पुजन भण्डारी, छात्रातर्फ स«ष्टा अधिकारी र भावना पौडेल रहेका छन् । उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि मञ्चका विशिष्ट सदस्य एवं नेपाल सरकारका पूर्व उप–सचिव विष्णु प्रसाद अधिकारी, विशिष्ट अतिथि गण्डकी प्रदेश सरकारका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव विनोद बहादुर कुवँर, नेपाल सरकार शहकारी विभागका महानिर्देशक झलकराम अधिकारी, अन्नपूर्ण गाउँपालिका कास्कीका उपाध्यक्ष सगुन गुरुङ, मञ्चका अध्यक्ष गायत्री पराजुली लगाएतले नगद, सम्मानपत्र एवं मायाको चिनो प्रदान गरेका थिए ।
सो कार्यक्रमा मञ्चका संस्थापक अध्यक्ष डा. गिरधारी दाहालद्धारा स्थापित गंगामाया÷टिकाराम छात्रवृतिकोषबाट माछापुच्छ्रे मा बि कक्षा १० मा अध्ययनरत गरिव तथा जेहेन्दार विधार्थी समिर बिकलाई रु १० हजार प्रदान गरिएको थियो । त्यस्तै चर्चित हाँस्य कलाकार दिवाकर भण्डारीले माछापुच्छ«े माबि, धारापानी मा बि र सुजना माबिका ५ जना गरिव तथा जेहेन्दार छात्रछात्रालाई प्रत्येक बर्ष प्रदान गरिदै आएको शैक्षिक सामाग्री एवं छात्रबृति प्रदान गरेका थिए ।
पुनर्मिलन एबं शुभकामना आदान–प्रदान कार्यक्रममा प्रमुख अतिथि पूर्व उप–सचिव विष्णुप्रसाद अधिकारीले बहुआयामिक क्षेत्रमा कृयाशील पुर्व विद्यार्थीहरुले आफुले अध्ययन गरेको विद्यालयलाई सम्झन १६ बर्ष अघि मञ्च गठन गरिएको स्मरण गराउदै पूर्व विद्यार्थीहरुले साझा मञ्च मार्फत आफुले हासिल गरेका सिकाई भोगाई र अनुभवहरु साटासाट गर्ने थलोको रुपमा मञ्चलाई प्रयोग गर्नु पर्नै बताए ।
विशिष्ट अतिथि गण्डकी प्रदेश सरकारका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव विनोद बहादुर कुवँर, शहकारी विभागका महानिर्देशक झलकराम अधिकारी, अन्नपूर्ण गाउँपालिका कास्कीका उपाध्यक्ष सगुन गुरुङले पूर्व विद्यार्थीहरुलाई संगठित गरि हासिल गरेका अनुभव र सिकाईलाई विद्यालय सुधारमा लगानी गर्ने पूर्व विद्यार्थीहरुलाई संगठित गर्ने सोचका साथ गठन गरिएको यस मञ्चले सार्थकता पाएकोेमा गर्व गरेका थिए ।
पूर्व बिधार्थी मञ्च, माछापुच्छ्रे मा बि÷ क्याम्पसका अध्यक्ष गायत्री पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माछापुच्छ्रे मा बि, बिधालय व्यवस्थापन समितिका अध्यक्ष मनपति भण्डारी, राप्रपाका केन्द्रिय सदस्य कुल बहादुर गुरुङ कुलु’, बिधालयका पूर्व प्रअ रामचन्द्र सुवेदी, पृथ्वी लारायण क्याम्पसका सह–प्राधापक डा. गिरधारी दाहाल,सहायक क्याम्पस प्रमुख यादवराज अधिकारी, उप–सचिव घनश्याम पौडेल, गाउँपालिका शिक्षा बिभाग प्रमुख बलराम भुगाइ, सफल युवा व्यवसायी जगनबहादुर गुरुङ, पूर्व प्रअ नेत्रप्रसाद सुवेदी, मञ्चका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, महासचिव पुण्यप्रसाद सुवेदी, कोषाध्यक्ष यमप्रसाद भण्डारी लगाएतले पूर्व बिधार्थीहरु संगठित भई आफुले हासिल गरेका अनुभव र सिकाईलाई शिक्षा आर्जन गरेको विद्यालय सुधारमा लगानी गर्नु पर्ने बताउदैै दशै तिहार, छठबाट सबैलाई असत्यमाथि सत्यको जीत र कुमार्गबाट सत्मार्गतर्फ अगाडि बढ्ने प्रेरणा र उर्जा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा साहित्यकार एवं पूर्व बिधार्थी नारायण प्रसाद गौतमद्धारा रचित खण्डकाव्य आसुतोष लोकापर्ण गरिएको थियो भने खण्डकाव्यको समिक्षा सुरेश पौडेलले गरेका थिए ।

18Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected