27Shares

पोखरा भ्यूज
काठमाडौं । सरकारले राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवाललाई हटाउने प्रक्रिया शुरु गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सदस्य सचिव सिलवाललाई हटाउने प्रक्रिया अघि बढाउने सहमति दिएको छ । सिलवाल २३ असार २०७६ मा पहिलो पटक राखेप सदस्य सचिव नियुक्त भएका थिए ।

राष्ट्रिय खेलकुद ऐन २०७७ लागू भएपछि एक वर्षमै पदमुक्त भएका सिलवाललाई केपी शर्मा ओली नेतृत्वको सरकारले पुनः १२ साउन २०७७ मा नियुक्त गरेको थियो । ऐनले खुल्ला निवेदन आव्हान गरी प्रतिस्पर्धाका माध्यमबाट सदस्य सचिव छनौट गर्ने व्यवस्था गरेको छ ।

तत्काली समयमा सदस्य सचिवका लागि निवेदन आव्हान हुँदाका वखत सिलवालसहित २७ जनाले निवेदन हालेका थिए । तीमध्ये दुई जना उमेर हदका कारण अयोग्य भएका थिए भने बाँकी २५ जनामध्येबाट सिफारिस समितिले सिलवालसहित अञ्जु श्रेष्ठ र लीलबहादुर थापाको नाम सिफारिस गरेको थियो ।

सिलवाल सदस्य सचिवमा नियुक्त भएपछि शिव कोइरालालाई राखेप उपाध्यक्ष नियुक्त गरिएको थियो ।

27Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected