
पोखरा भ्यूज
काठमाडौ । साताको अन्तिम दिन सेयर बजार परिसूचक नेप्से १४.७० अंकले घटेर २५५६.९५ को बिन्दुमा झरेको छ । बैंक ब्याजदरमा राष्ट्र बैंकले हस्तक्षेप गरेपछि बुधबार ६० अंक बढीले घटेको बजारमा बिहीबार दोहोरो अंकले घटेको हो ।
बिहीबार ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६५ प्रतिशतले घटेर ४८३.३९ बिन्दुमा झरेको छ । बुधबार सेन्सेटिभ इन्डेक्स २.४१ प्रतिशतले वृद्धि भएको थियो । विहीबार कुल कारोबार रकममा पनि गिरावट भयो ।
बिहीबार २ अर्ब ६३ करोड ५३ लाख ९० हजार ४६० रुपैयाँको शेयर कारोबार भएको छ जुन अघिल्लोदिनको तुलनामा ४ करोड २७ लाख रुपैयाँले कम हो । विहीबार २१६ कम्पनीका ६१ लाख ६ हजार ४५२ कित्ता शेयर ३६ हजार ७६२ पटकसंख्यामा खरीद बिक्री भएको थियो ।
कारोबारमा आएका १३ उपसमुह मध्ये अन्य र म्युचुअल फण्डको सूचक मात्र बढेको छ । अन्य उपसमूह १.३० र म्युचुअल फण्ड ०.४३ प्रतिशतले बढ्यो । बाँकी ११ सूचकमध्ये व्यापार, विकास र फाइनान्सको सूचक धेरै प्रतिशत घटेका छन् ।








सम्बन्धित खवर
















