0Shares

पोखरा भ्यूज
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टीका २२ विभागलाई पूर्णता दिएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले ३३ विभागमध्ये ३२ विभागलाई मात्र पूर्णता दिएको हो । बैठकले विपत व्यवस्थापन विभागलाई भने पूर्णता दिएको छैन । यद्यपि विपद व्यवस्थापन विभागमा सूर्य सुवेदी पथिक ले नेतृत्व गर्ने भनिए पनि पूर्णता पाउन सकेको छैन ।

पार्टी प्रवक्ता कृष्णबहादुर महराका अनुसार माओवादीले देशभर सदस्य संख्या ५ देखि ६ लाख पुर्याउने लक्ष्य राखेको छ । उनका अनुसार अनुसार १७५ सदस्यीय सम्पर्क समिति डिलाराम आचार्यको संयोजकमा गठन गरिएको छ । त्यस्तै अर्थ तथा योजना विभाग प्रमुख वर्षमान पुन छन् । संगठन विभाग प्रमुखमा अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्मा (प्रभाकर) लाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै विदेश मामिला विभागमा नारायणकाजी श्रेष्ठ, प्रचार तथा प्रकाशन विभाग प्रमुख कृष्णबहादुर महरा, उद्योग मामिला विभाग प्रमुख वामदेव क्षेत्री, कृषि तथा भूमिसुधार विभाग हरिबोल गजुरेल, उपभोक्ता हित संरक्षण विभाग मात्रिका यादवको नेतृत्वमा गठन भएको छ ।

त्यसैगरी गिरिराजमणि पोखरेलले स्कूल, डोरप्रसाद उपाध्यायले कोष तथा आर्थिक, विना मगरले खानेपानी, लीलामणि पोखरेलले जलस्रोत तथा ऊर्जा, खिमलाल देवकोटाले निर्वाचन, मुक्ति प्रधानले कानून, झक्कुप्रसाद सुवेदीले पर्यटन, पर्शुराम तामाङले प्रादेशिक मामिला विभाग प्रमुख तोकिएको छ ।

यसैगरी पुस्तकालय तथा अभिलेख प्रमुख नारायणप्रसाद शर्मा, भौतिक पूर्वाधार विभाग प्रमुख हरि अधिकारी, युवा तथा खेलकुद विभाग प्रमुख गणेशमान पुन, राजकीय मामिला विभाग प्रमुख रेखा शर्मा, राष्ट्रिय सुरक्षा विभाग प्रमुख कृष्णबहादुर महरा, वन तथा वातावरण प्रमुख शक्तिबहादुर बस्नेत, विज्ञान तथा प्रविधि विभाग प्रमुख गणेश साह छन् ।

शिक्षा तथा मानवस्रोत विभाग प्रमुख मायाप्रसाद शर्मा, श्रम तथा रोजगार विभाग प्रमुख रामेश्वर राय यादव, संसदीय विभाग प्रमुख देव गुरुङ, समाज कल्याण विभाग प्रमुख सत्या पहाडी र सहकारी विभाग प्रमुखमा धर्मदत्त देवकोटा छन् ।

त्यस्तै शहरी विकास विभाग प्रमुख देवेन्द्र पौडेल, सामान्य प्रशासन विभाग प्रमुख टेकबहादुर बस्नेत, साहित्य तथा कला विभाग प्रमुख गोपाल ठाकुर, स्थानीय तह विभाग प्रमुख उर्मिला अर्याल, स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख कल्पना धमला र नीति अध्ययन प्रतिष्ठान विभाग प्रमुख रामचन्द्र झा छन् ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected