
पोखरा भ्यूज
काठमाडौं । सोमबारदेखि परेको अविरल वर्षापछि देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुवानामा परी एक सय एक जनाको मृत्यु भएको छ ।
देशभरि ४४ जना घाइते भएको गृहमन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार १ नम्बर प्रदेशमा ६०, बागमती प्रदेशमा १, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ३१ जना गरी जम्मा १ सय १ जनाको मृत्यु भएको छ । त्यस्तै १ नम्बर प्रदेशमा १९, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४० जना घाइते भएका छन् । घाइतेहरूलाई स्थानीय अस्पताल उपचार भइरहेको छ ।
त्यसैगरी १ नम्बर प्रदेशमा १३, २ नम्बर प्रदेशमा १, लुम्बिनी प्रदेशमा ३, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा ४१ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेमो पनि मन्त्रालयले जानकारी दिएको छ ।
बाढीको कारण देशभर २ हजार २ सय ३२ वटा घर डुबानमा परेका छन् । ४९ वटा घर, ८ वटा गोठ, ६ वटा पुल र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । १ सय ३९ वटा पशु चौपाया मरेका छन् । विपद्का घटनाबाट देशभर १ हजार १ सय ७७ वटा घर परिवार विस्थापित भएका छन् ।








सम्बन्धित खवर
















