
पोखरा भ्यूज
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल लगानीमा ब्याजदर नबढ्ने स्पष्ट पारेका छन् ।गभर्नर महाप्रसाद अधिकारीले नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलसँगको भेटमा लगानीमा गरिएको ब्याजदर नबढ्ने स्पष्ट पारेका हुन् ।
वाणिज्य बैंकहरुले निक्षेपमा ब्याजदर बढाई रहेको तथा चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाको पूर्वसन्ध्यामा नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डल र गभर्नर अधिकारीबीच शुक्रबार छलफल भएको थियो ।
उनले ब्याजदर स्थिर राख्दै औद्योगीकीकरणलाई प्रवर्द्धन हुने नीतिगत व्यवस्था राष्ट्र केन्दित रहेको जानकारी दिए । त्यस्तो नयाँ नीतिले लगानीको ब्याजदर स्थिर हुने उनको दावी छ । छलफलमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले अहिल् बजारमा तरलताको चाप बढ्दै गएको देखाउँदै बैंकहरुले निक्षेपमाब्याजदर बढाई रहेको सन्दर्भमा मुलुकमा लगानी महँगो हुने ठोकुवा गरेका थिए ।
चालु मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले वाणिज्य बैंकहरुले कर्जा प्रवाहगर्दा ९० प्रतिशत कर्जा–निक्षेप अनुपात कायम गर्नु पर्ने व्यवस्था गरेको छ । तर त्यसलाई परिमार्जन गरिनुपर्ने परिसंघको माग छ ।







सम्बन्धित खवर
















