5Shares

पोखरा, कार्तिक 

पोखरा भ्यूज । ढिकुर पोखरी समाज, पोखराले आफ्नो चौंधौ वार्षिक साधारणसभासँगै विभिन्न व्यक्तिलाई सम्मान गरेको

कास्कीको अन्नपूर्ण गाउँपालिका अन्तर्गतका वडा नं. , सम्मिलित ढिकुपोखरीबाट पोखरा आई बसोबास गर्नेहरुको साझा संस्थासमाजको उद्घाटन अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष युवराज कुँवरले गरेका थिए

कार्यक्रममा उद्घाटन मन्तव्य राख्दै अध्यक्ष कुँवरले गाउँ छाडेर पोखरामा बसोबास गरेपनि आफ्नो जन्मथलोको सेवामा सदा तत्पर रहनसमाजले सामाजिक गतिविधि अघि बढाएकोमा ख़ुशी व्यक्त गर्दै समाजले गरेका विविध गतिविधिको प्रशंसा समेत गरेका थिए ।

विशिष्ट अतिथि प्रदेश सभा सदस्य राजीव पहारी, गण्डकी प्रदेश शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिब बिनोद बहादुर कुँवर, उपसचिब घनश्याम पौडेल, गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले गाउँको सेवा विकासमा लाग्नुपर्ने बताए

समाजका अध्यक्ष बाबुराम भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ढिकुरपोखरी समाज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षइन्द्रप्रसाद पौडेल, समाजका सल्लाहकारहरु रामचन्द्र पौडेल, आशबहादुर गुरुङ, कुलबहादुर गुरुङ कुलु, समाजका उपाध्यक्ष सोमनाथपौडेल, माछापुछ्रे माबी/ क्याम्पस पूर्व बिधार्थी मंचका अध्यक्ष गायत्री भण्डारी, लोक गायिका अम्बिका भण्डारी, मेडीप्लसका प्रमुखकार्यकारी अधिकृत गौतम पौडेल लगायतले ढिकुरपोखरीको पहिचान निर्माणमा समाजले उल्लेख्य भूमिका खेलेको स्मरण गरे साधारणसभामा समाजका सचिव लक्ष्मी अधिकारीले पेश गरेको वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष लोकनाथ भण्डारीले पेशगरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो

सो अवसरमा समाजले स्थानीय राष्ट्रिय स्तरमा विभिन्न क्षेत्रमा उल्लेख्य कार्य गरी आफु जन्मिएको गाउँठाउँलाई चिनाई गौरवान्नितबनाएका विभिन्न १० जना व्यक्तित्वलाई सम्मान गरिएको समाजका सचिव लक्ष्मी अधिकारीले जानकारी दिईन सम्मानित हुनेमानेपाल सरकारका उपसचिव घनश्याम पौडेल, ट्रमा सेण्टरका निर्देशक डा. सन्तोष पौडेल, नेपाल सरकारका पूर्व उपसचिव विष्णुप्रसादअधिकारी, समाजका निवर्तमान अध्यक्ष विष्णुप्रसाद अधिकारी रहेका छन

यसै गरी सम्मानित हुनेमा स्थानीय एवं राष्ट्रिय स्तरको वक्तित्वकलामा प्रथम हुन सफल अपेक्षा अधिकारी, नेपाल रेडक्रस सोसाईटीकास्कीका देवनारायण पौडेल, अन्नपूर्ण गाउँपालिका कास्कीका स्वास्थ्य शाखा प्रमुख ऋषिराम पौडेल, समाजका सल्लाहकार कृष्ण केसी, नेपाल प्रहरीका ईन्सपेक्टर विक्रम सुबेदी लगाएत रहेका थिए

समाजका अध्यक्ष बाबुराम भण्डारीले संस्थाले विभिन्न कार्यक्रमहरू संचालन गर्दा विभिन्न खाले आर्थिक समस्या झेल्नु पर्ने हुँदा संस्थाकोदिगो स्थिर आर्थिक श्रोतको निर्माणका लागि अक्षयक़ोष स्थापना गर्ने अवधारणालाई अघि बढ़ाईएको सबैको सद्भावबाट करिव २६ लाख बराबरको कोष स्थापना भएको जानकारी दिए समाजको आगामी कार्यक्रम पारिवारिक पिकनिक कार्यक्रम आयोजना गर्नेयोजना रहेको पनि जानकारी गराए  समाजमा सय ३५ जना आजिवन सदस्य रहेका छन

5Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected