2Shares

पोखरा भ्यूज

पोखरा । अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका व्यक्तिलाई प्रहरी हिरासतबाट छुटाउने र मुद्दासमेत मिलाइदिने भन्दै रकम मागेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रे खानिखोला गाउँपालिका वडा नं. १ घर भई हाल पोखरा ५ मालेपाटन बस्ने वर्ष २९ का चन्द्र बहादुर बल र गोरखा शहीद लखन गाउँपािलका १ घर भई हाल पोखरा २६ अर्घौंचोक बस्ने वर्ष ३१ का जीवनगुरुङ रहेको कास्की प्रहरीले बताएको छ ।

कास्की प्रहरीका प्रवक्ता प्रहरी नावय उपरीक्षक सुवास हमालका अनुसार अभियुक्तद्वय बल र गुरुङले गत असोज १९ गते पोखरा १९ लामाचौरमाबाट पक्राउ परेका जुवाडेमाथि अनुसन्धान जारी रहेको अवस्थमा उक्त मुद्दामा प्रहरीसँग सेटिङ मिलाएर अभियुक्तहरुलाई छुटाउने भन्दै पाँच लाख रुपियाँ माग गरेको भनी प्रहरीमा जाहेरी परेको थियो ।

पीडितहरुको जाहेरीका आधारमा उनीहरुलाई प्रक्राउ गरी अपराधिकविश्वासघात तथा आपराधिक लाभ (एक्टर्सन) सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको डिएसपी हमालले बताए ।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected