0Shares

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ताल संरक्षण तथा विकास प्राधिकरण, गण्डकीका कार्यकारी प्रमुख डा. अनुप गुरुङको राजीनामा स्वीकृत गरेका छन् ।
२०७६ फागुन २३ मा नियुक्त गुरुङले कात्तिक ५ गते राजीनामा दिएका थिए । राजीनामा पत्रमा उनले भनेका छन्, ‘पदमा रही सेवा गर्ने प्रबल इच्छा हुँदाहुँदै पनि हाल मेरो घरायसी समस्याले कार्य गर्न असमर्थ रहेकाले राजीनामा स्वीकृत हुन विनम्र निवेदन गरेको छु ।’ राजीनामा कसैको डर, धाकधम्कीबाट नभइ नितान्त आफ्नो खुसीराजीबाट पेस गरेको पनि उनले उल्लेख गरेका छन् ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected