0Shares

पोखरा । विभिन्न प्रलोभन देखाएर बालबालिकामाथि अप्राकृतिक मैथुन गरेको अभियोगमा कास्की प्रहरीले एक विदेशी नागरिकलाई पोखराको लेकसाइडबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वर्ष ४४ का क्यानेडियन नागरिक ROBERT  KINKLEY  रहेको प्रहरीले जनाएको छ । उनले पोखरा लेकसाइडमा ३ नावालकहरुलाई ललाई फकाई, डरत्रास, धाक धम्की तथा विभिन्न प्रलोभनमा पारी यौनजन्य गतिविधि गर्दै आएको भन्ने सुचनाको आधारमा पक्राउ गरी उनीमाथि अनुसन्धान सुरु गरिएको कास्की प्रहरी प्रवक्ता डिसएपी सुवास हजाले बताए ।

डिएसपी हमालका अनुसार गत शनिबार अभियुक्तले ३ जना बालकहरुलाई साथमा राखी यौनजन्य गतिविधी गर्दै गरेको भन्ने सूचनाका आधारमा त्यसतर्फ खटिगएको प्रहरी टोलीले तत्कालै नावालकहरुलाई उद्धार गरेको थियो । पक्राउ परेका क्यानेडियन नागरिक ROBERT  KINKLEY को साथबाट ल्याप्टप १ थान, मोवाइल १ थान, राहदानी १ थान सहित थप प्रमाणमा लाग्ने चिजबस्तु समेत बरामद भएको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected