0Shares

पोखरा भ्यूज
पोखरा । पोखरा महानगरपालिका वडा नं १ भीमकालीपाटनस्थित विन्दुवासिनी संस्कृत विद्यापीठमा छात्र भोजन गृह निर्माण गरिएको छ । कास्की रुपा गाउँपालिका घर भई हाल अमेरिका रहेका इञ्जिनियर किरिटी सुवेदीको पहलमा इम्पावर नेपाल फाउन्डेशनको आर्थिक सहयोगमा भोजन गृह निर्माण गरिएको छ । दुइ कोठे भवन निर्माणमा करिब १२ हजार अमेरिकी डलर आर्थिक सहयोग प्राप्त भएको थियो ।

गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कंडेलले आइतबार एक कार्यक्रमकाबीच सो नवनिर्मित छात्र भोजन गृहको उद्घाटन गरे ।

उनले पूर्वीय दर्शनका साथै प्राचीन संस्कृत भाषा, सभ्यता र वाङ्मयको उजागर गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै संस्कृत शिक्षासँगै हाम्रा प्राचीन संस्कृतिलाई पर्यटनसँग जोड्नुपर्ने धारणा राखे ।

विद्यापीठ विकास समितिका अध्यक्ष परशुराम बरालले विभिन्न साथ र सहयोगमा विद्यापीठ वर्तमान अवस्थामा आइपुगेको बताउँदै पोखरामा संस्कृत माध्यमिक विद्यालय र विद्यापीठबीच एकआपसमा सहकार्य गर्दै अघि बढ्ने जानकारी दिए ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected