
0Shares
काठमाडौं । काठमाडौंको सिनामंगलबाट ११ जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ परेका सबै अफगानी नागरिक हुन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीले सोमबार विहान सिनामंगलको एक घरबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकामध्ये ६ जनासँग नक्कली भारतको आधारकार्डसमेत बरामद भएको सिआईबीले जनाएको छ ।
तालिबान नेतृत्वले अफगानिस्तानको सत्ता सम्हालेपछि उनीहरु भागेर भारत हुँदै नेपाल प्रवेश गरेका थिए । उनीहरु रुपन्देहीको नेपाल–भारत सिमाना बेलहियाबाट नेपाल प्रवेश गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
0Shares







© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
















