2Shares

पोखरा भ्यूज
काठमाडौं । बैंक नेपाल राष्ट्र बैंकको निर्देशन अवज्ञा गर्ने ३ वटा वाणिज्य कारवाहीमा परेका छन्। बैंक नेपाल राष्ट्र बैंकको कारवाहीमा पर्ने बैंकहरुमा नेपाल बंगलादेश बैंक, हिमालयन बैंक र प्रभु बैंक छन् । ती बैंकहरुले केन्द्रीय बैंकको निर्देशन विपरीत काम गरेकाले कारवाही गरिएको हो ।

त्यस्तै सिटी एक्सप्रेस फाइनान्सले २ लाख ५९ हजार ७ सय ५१ रुपियाँ, जानकी फाइनान्सले३१ लाख ९२ हजार ३ सय ८ रुपियाँ पर्याप्त विपन्न वर्ग कर्जा प्रवाह नगरेकाले सजाय स्वरुप हर्जाना तिरेका छन् ।

ललितपुर फाइनान्सलाई विपन्न वर्ग कर्जा प्रवाह नगरेको सजायस्वरुप पहिलोपटक ७ लाख ११ हजार ६ सय ४६ रुपियाँ, दोस्रोपटक ६ लाख ६७ हजार २ सय ७३ रुपियाँ र तेस्रोपटक ६ लाख ७८ हजार ७३ गरी कुल २० लाख ५६ हजार ९ सय ९२ रुपियाँ हर्जाना तिरेका छन् भने पुँजी कर्जा निक्षेप अनुपात (सीसीडी रेसियो) कायम नगरेको सजाय स्वरुप ६४ हजार ५ सय ७२ रुपियाँ ९६ पैसा जरिवाना तिर्नेमा परेका छन् ।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected