0Shares

पोखरा भ्यूज

हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने घोषणा गरेकी छन् । उनले प्रदेश बैठक सभामा सम्बोधन गरी राजीनामा दिने घोषणा गरेकी  हुन् ।

मुख्यमन्त्रीशाक्यले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गरेको बताएकी  बताएकी छन् ।

उनले प्रदेश बनाउन दलहरुलाई मिलेर काम गर्न समेत आव्हान गरेकी छन् । प्रदेशसभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुनुअघि नै दिने घोषणा गरेकी गरेपछि प्रदेशसभा बैठक अनिश्चित बनेको छ । मुख्यमन्त्री शाख्यको विश्वासको मतसम्बन्धी प्रस्तावमा बुधबार मतदान गर्ने कार्यसूची थियो ।

मुख्यमन्त्री शाक्यले आफूले विश्वासको मत पाउने अवस्था नभएकाले माार्ग प्रशस्त गर्ने जानकारी दिएकी थिइन । शाक्य बागमती प्रदेशमा एकल बहुमतमा रहेको दलको नेताको रुपमा भदौ २ गते मुख्यमन्त्री नियुक्त भएकी थिइन् ।

तर उनको दल नेकपा एमाले विभाजित भई नेकपा (एकीकृत समाजवादी) बनेपछि उनले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक वाध्यता थियो ।

शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव असोज २४ गते प्रदेशसभा सचिवालयमा पेश गरेकीमा उक्त प्रस्तावमा कात्तिक ४ गते प्रदेशसभामा छलफल भएको गरी मतविभाजनका लागि बुधबारसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।

बागमती प्रदेशसभामा १०९ सदस्यमध्ये मुख्यमन्त्री शाक्यलाई नेकपा एमालेका ४३ सांसदको समर्थन छ । नेकपा एमालेका ५६ प्रदेशसभा सदस्यमध्ये १३ जनाले नेकपा एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन् ।

मुख्यमन्त्री शाख्यले प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएपछि उनको राजीनामा स्वीकृत गरी नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आव्हान गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसपछि मात्र नयाँ सरकारको गठन प्रत्रिया शुरु हुनेछ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected