0Shares

पोखरा भ्यूज

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी सर्वोच्च अदालतको परमादेशले राष्ट्र र लोकन्त्र जोगाएको दावी गरेका छन् । नेपाल तरुण दलको स्थापना दिवसको अवसरामा वुधबार आयोजित परमादेश दिने सबै न्यायाधीशको राजीनामा दिनुपर्छ भन्ने एमाले अध्यक्ष केपी ओलाको अभिव्यक्ति गैरजिम्मेवार भएको टिप्पणी गरे ।

पूर्वप्रधानमन्त्री ओलीले मंगलबार एक कार्यक्रममा प्रतिनिधिसभा पुर्नस्थापना गरी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भनी परमादेश गर्ने सर्वोच्च अदालतका न्यायाधीशहरुले राजीनमा गर्नुपर्ने धारणा राखेका थिए ।

पूर्वप्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति कटाक्ष व्यक्ति गर्दै प्रधानमन्त्री देउवाले भने, ‘परमादेश ल्याउने सबैलाई हटाउनुपर्छ भन्ने गैर जिम्मेवार कुरा गर्नु उचित हुँदैन ।’ संसदीय व्यवस्था, संविधान र सिंगो देशलाई बचाउने काम अदालतका न्यायाधीशहरुले गरेको भन्दै उनले त्यसको विरोध नगर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सचेत गराएका छन् ।

उनले न्यायालय सम्बन्धी उठेका सवालहरुमा सत्ता गठबन्धमा सामेल दलहरुसँग छलफल गरी टुंगोमा पुग्ने बताए । मंगलबार चितवनको एक कार्यक्रममा सत्ता गठबन्धको प्रमुख पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउनेबारे दलहरुबीच कुनै छलफल नभएको बताएका थिए ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected